२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद कार्कीको प्रश्न: भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एक–अर्कालाई दोषारोपण गर्ने ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संसद बैठकमा नेताहरुले एकअर्कालाई दोषरोपण गरेर झगडा गरिरहेका भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले संसद बैठकमा ठूला दलका नेताहरु एक–आपसमा आरोप–प्रत्यारोपमा उत्रिएका भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले नेताहरु झगडा गरेको देखेर आफ्नो दिमाग तातेर आएको बताउनु भयो । उहाँले अहिलेसम्म ठूला दलहरुले नै देशलाई यहाँ पुर्‍याएका बताउनु भयो । उहाँले भ्रष्टाचार गर्न बेलामा मिलेर गर्ने र अहिले एक अर्कालाई दोषारोपण गर्ने भनि प्रश्न समेत गर्नुभयो । उहाँले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरुले हो–हल्ला गर्नु गलत भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिलेसम्म ठुला दलहरु मिलेर नै यो देशलाई यतिसम्म पुर्‍याउनुभएको छ । बिगार्नु भयो कि सुधार्नुभयो ?तपाईहरुले आफ्नो छातिमाथि हात राखेर भन्नुस् । के गर्नुभयो तपाईहरुले अहिलेसम्म ? देशका ठूल्ठूला उद्योग, धन्दाहरु कहाँ गए ? भ्रष्टाचारका मुद्दाहरु यसरी किन लागिरहेका छन् ? भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एउटाले अर्कोलाई दोषारोपण गर्ने ? यस्ता कुराहरुबाट भुलभुलैयामा नलाग्नुस् । तपाईहरु धेरैचोटी संसदमा आउनुभएको छ । तपाईहरुलाई कर्तव्यबोध हुनुपर्छ । अब आइदा यस्ता खालका कुरा नगर्नुस् । म भन्छु, अस्ति गौरा पर्वमा जे भयो, त्यो गलत भयो । एउटा संस्कृतिको अपमान भयो । जसले गर्‍यो । त्यसलाई म ठिक गर्‍यो भन्दिनँ । के गर्नु अलिकति दिमाग पनि तारेर आयो । कहिलेकाहीँ त प्रेसर पनि बढेर आउँछ । यत्रा ठूला–ठूला, बुढा–बुढा दिग्गज माननीयहरुले केटाकेटीको जस्तो व्यवहार गरेको देखेर । बाझेको छ । झगडा गरेको छ । उफ्रिएको छ । कराएको छ ।’

सांसद कार्कीले शिक्षालयहरुलाई राजनीतिक भर्तिकेन्द्र बनाउनु नहुने बताउनु भयो ।




भर्खरै