२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद कार्कीको प्रश्न: भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एक–अर्कालाई दोषारोपण गर्ने ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संसद बैठकमा नेताहरुले एकअर्कालाई दोषरोपण गरेर झगडा गरिरहेका भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले संसद बैठकमा ठूला दलका नेताहरु एक–आपसमा आरोप–प्रत्यारोपमा उत्रिएका भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले नेताहरु झगडा गरेको देखेर आफ्नो दिमाग तातेर आएको बताउनु भयो । उहाँले अहिलेसम्म ठूला दलहरुले नै देशलाई यहाँ पुर्‍याएका बताउनु भयो । उहाँले भ्रष्टाचार गर्न बेलामा मिलेर गर्ने र अहिले एक अर्कालाई दोषारोपण गर्ने भनि प्रश्न समेत गर्नुभयो । उहाँले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरुले हो–हल्ला गर्नु गलत भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिलेसम्म ठुला दलहरु मिलेर नै यो देशलाई यतिसम्म पुर्‍याउनुभएको छ । बिगार्नु भयो कि सुधार्नुभयो ?तपाईहरुले आफ्नो छातिमाथि हात राखेर भन्नुस् । के गर्नुभयो तपाईहरुले अहिलेसम्म ? देशका ठूल्ठूला उद्योग, धन्दाहरु कहाँ गए ? भ्रष्टाचारका मुद्दाहरु यसरी किन लागिरहेका छन् ? भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एउटाले अर्कोलाई दोषारोपण गर्ने ? यस्ता कुराहरुबाट भुलभुलैयामा नलाग्नुस् । तपाईहरु धेरैचोटी संसदमा आउनुभएको छ । तपाईहरुलाई कर्तव्यबोध हुनुपर्छ । अब आइदा यस्ता खालका कुरा नगर्नुस् । म भन्छु, अस्ति गौरा पर्वमा जे भयो, त्यो गलत भयो । एउटा संस्कृतिको अपमान भयो । जसले गर्‍यो । त्यसलाई म ठिक गर्‍यो भन्दिनँ । के गर्नु अलिकति दिमाग पनि तारेर आयो । कहिलेकाहीँ त प्रेसर पनि बढेर आउँछ । यत्रा ठूला–ठूला, बुढा–बुढा दिग्गज माननीयहरुले केटाकेटीको जस्तो व्यवहार गरेको देखेर । बाझेको छ । झगडा गरेको छ । उफ्रिएको छ । कराएको छ ।’

सांसद कार्कीले शिक्षालयहरुलाई राजनीतिक भर्तिकेन्द्र बनाउनु नहुने बताउनु भयो ।