३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिवक्ता राजेन्द्र शर्मा चौथो ग्लोबल आर्ट,कल्चर एण्ड टुरिजम कन्फ्रेन्सबाट सम्मानित



अ+ अ-

काठमाडौँ । मलेसियामा आयोजित एक विशेष समारोहवीच अधिवक्ता राजेन्द्र शर्मा सम्मानित हुनुभएको छ । चौथो ग्लोबल आर्ट,कल्चर एण्ड टुरिजम कन्फ्रेन्समा न्यायरकला सम्मानबाट राजेन्द्र शर्मा सम्मानित हुनुभएको हो ।

अधिवक्ता शर्माले वैदेशिक रोजगार ठगी, मानव वेचविखन, हिंसा पिडित महिला, बालबालिका र जेष्ठ नागरिकको पक्षमा महत्वपूर्ण कानूनी योगदान पुर्याएवापत सम्मान गरिएको ग्लोबल आर्ट, कल्चर एन्ड टुरिजमका अध्यक्ष एवं अभिनेता श्रीदेव भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी राजेन्द्र शर्माले सामाजिक सद्भाव बढाउने खालका गीतहरु लेखि सांगीतिक क्षेत्रबाट पनि समाजलाइ योगदान गरेको भन्दै न्याय र कला सम्मान एकैपटकमा प्रदान गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभएको हो ।

लैंगिक न्याय सम्बन्धि कानूनी विशेषज्ञ शर्मा विगत २९ वर्षदेखि पीडित महिला तथा बालबालिकाको क्षेत्रमा कानुनी सहायता प्रदान गर्दै आउनुभएको छ । पछिल्लो समय उहाँले काठमाडौंमा रहेर पीडितका लागि न्याय अभियान अन्तरगत हिंसा पीडित महिला तथा बालबालिकाको नि:शुल्क कानुनी सहायता पनि प्रदान गर्दै आउनु भएको छ ।

यसैगरी चौथो ग्लोबल आर्ट,कल्चर एण्ड टुरिजम कन्फ्रेन्समा कला सम्मानबाट बरिष्ठ कलाकार शिवहरि नेपाल (बैरागी), सङ्गित सम्मान बरिष्ठ गायक एवं सङ्गितकार नरहरि प्रेमी र कला सम्मान पवन प्रसाद खतिवडा (बाबा) सम्मानित हुनुभएको छ । कलाकारिता सम्मानबाट गोपाल ढकाल छन्दे , व्यावसाय सम्मान बिमान कार्कि, गायन सम्मान सिता देवि दुरा, शोभा क्षेत्री , राधिका खत्री९राधा०, निर्माण र कला सम्मान राम सिहं तामाङ (प्रबल थिङ), समाज सेवि सम्मान सोभित उप्रेती प्रबिन घिसिङ र बद्री प्रसाद उप्रेती सम्मानित हुनुभएको छ ।

चौथो ग्लोबल आर्ट, कल्चर एण्ड टुरिजम कन्फ्रेन्स मलेसियाको क्वाललाम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटेलमा भव्य रुपमा सञ्चालन गरिएको थियो । आरसी एसिया प्यासिफिक एनआरएनएका प्रमुख हरि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कन्फ्रेन्समा मलेसिया स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत मोदिता बज्राचार्य, कलाकार, पत्रकार, समाजसेवी, शिक्षाविद, व्यवसायीहरू, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू लगायत नेपालबाट समेत करिब दुई दर्जन बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। साथै मलेसियामा रहेका विशिष्ट व्यक्तिहरू समाजसेवी एवं व्यवसायीहरूको समेत उल्लेखीय उपस्थित रहेको थियो।

नेपाली कला संस्कृति एवं पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशमा आयोजना हुँदै आएको उक्त कन्फ्रेन्सले मलेसियामा नेपालको पर्यटन र कला संस्कृतिको विकासमा योगदान रहनुका साथै कला क्षेत्रको विकासको लागि आफूले सहयोग गर्ने कार्यवाहक राजदूत मदिता बज्राचार्यले जानकारी दिनुभएको थियो। त्यसैगरी सम्बन्धित क्षेत्रका विज्ञहरुले आआफ्नो क्षेत्रका समस्या र समाधानका विषयहरु उठान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भट्टराईले आफू मलेसियामा करिब २५ वर्षदेखि रहँदै आएको धेरै नेपालीको साथ र सहयोग रहेको कार्यक्रममा जानकारी गराउनुभयो । नेपाली कला, संस्कृति, पर्यटन व्यवसाय, भाषा, साहित्यको गहकिलो रुपमा मलेसियामा स्थापित गर्न चाहेको र यसको लागि आफूले सबैसँग सहकार्य गर्ने पनि बताउनुभयो ।

यस्ता कार्यक्रमले दुई देश बीचको मिठो सम्बन्ध रहनुका साथै कुनै पनि समस्या पर्दा नेपाली नेपाली बीच भाइचाराको अपनत्व रहने पनि उहाँको भनाई थियो ।




भर्खरै