४ आश्विन २०८१, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमनत्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बजगाईंको प्रश्न: गौरा पर्वमा नेपाली काँग्रेसमाथि आक्रमण गरेको हो ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले व्यक्त गरेको आक्रोश नेपाली काँग्रेसमाथिको आक्रमण हो? भनि प्रश्न गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बजगाईंले टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा युवाहरुले देखाएको आक्रोश कोप्रति लक्षित हो भनि प्रश्न गर्नुभएको हो । उहाँले प्रतिपक्ष दलका सांसदहरुले पक्राउ परेका युवाहरुको रिहाइको माग गरेको उल्लेख गर्दै त्यहाँ पार्टीका कार्यकताहरुको पनि उपस्थिति रहेको बताउनु भयो । उहाँले गौरा पर्वमाथि आक्रमण गरिएको कि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरिएको हो भनि प्रश्न गर्नुभयो । उहाँले नेपाली काँग्रेसमाथिको आक्रमण हो रु भनि प्रश्न गर्नुभयो । उहाँले त्यहाँ धार्मिक सहिष्णुता भंग गर्ने गतिविधि भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो – ‘टुँडिखेलमा गौरा पर्वमा जुन किसिमको घुसपैठ, आक्रमण भयो । त्यो आक्रोश पनि भन्न सकिन्छ । तर घुसपैठ भयो भनेर प्रतिपक्षको रो मा बसेका सांसद साथीहरुले त्यहाँ जुन हर्कत गर्नुभएको थियो, त्यहाँ प्रदर्शन गर्नुहुने साथीहरुको रिहाइको माग गर्नुभयो । दलका साथीहरुको पनि त्यहाँ उपस्थिति देखियो भनेर पत्रपत्रिकामा आएको छ । गौरा पर्वमा आक्रमण गरेको कि नेपालको सरकार, नेपालको प्रधानमन्त्री, नेपालको सरकारको साझेदार पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरेको ?अथवा नेपाली कांग्रेसमाथि आक्रमण गरेको ? म यो धार्मिक सहिष्णुता भंग गर्ने गतिविधिका लागि जुन दल उद्यत छ, त्यो दलमाथि प्रश्न गर्न चाहन्छु । रास्वपाका सहमहामन्त्री म कहाँ हतारिँदै आउनुभयो । क्यानका डिजीका बारेमा । उहाँ हाम्रो मान्छे । रवि लामिछानेको निर्वाचन क्षेत्रको मान्छे उहाँलाई जोगाउनुपर्‍यो भनेर म कहाँ अचानक आउनुभयो । त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो । म प्रश्न गर्न चाहन्छु यो द्वेध चरित्रले यो देश कहाँ पुग्छ रु नयाँ पार्टीसँग जनताको आशा, भरोसा छ भनिएको छ । यस्तो डबल स्ट्याण्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । यस विषयमा आम नेपाली जनता र सदनको ध्यानाकृष्ट गराउन चाहन्छु ।’

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री आफूकहाँ क्यानका महानिर्देशकलाई हटाउनु हुँदैन भन्न आएको भन्दै संसदलाई जानकारी समेत गराउनु भयो ।