२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बजगाईंको प्रश्न: गौरा पर्वमा नेपाली काँग्रेसमाथि आक्रमण गरेको हो ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले व्यक्त गरेको आक्रोश नेपाली काँग्रेसमाथिको आक्रमण हो? भनि प्रश्न गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बजगाईंले टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा युवाहरुले देखाएको आक्रोश कोप्रति लक्षित हो भनि प्रश्न गर्नुभएको हो । उहाँले प्रतिपक्ष दलका सांसदहरुले पक्राउ परेका युवाहरुको रिहाइको माग गरेको उल्लेख गर्दै त्यहाँ पार्टीका कार्यकताहरुको पनि उपस्थिति रहेको बताउनु भयो । उहाँले गौरा पर्वमाथि आक्रमण गरिएको कि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरिएको हो भनि प्रश्न गर्नुभयो । उहाँले नेपाली काँग्रेसमाथिको आक्रमण हो रु भनि प्रश्न गर्नुभयो । उहाँले त्यहाँ धार्मिक सहिष्णुता भंग गर्ने गतिविधि भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो – ‘टुँडिखेलमा गौरा पर्वमा जुन किसिमको घुसपैठ, आक्रमण भयो । त्यो आक्रोश पनि भन्न सकिन्छ । तर घुसपैठ भयो भनेर प्रतिपक्षको रो मा बसेका सांसद साथीहरुले त्यहाँ जुन हर्कत गर्नुभएको थियो, त्यहाँ प्रदर्शन गर्नुहुने साथीहरुको रिहाइको माग गर्नुभयो । दलका साथीहरुको पनि त्यहाँ उपस्थिति देखियो भनेर पत्रपत्रिकामा आएको छ । गौरा पर्वमा आक्रमण गरेको कि नेपालको सरकार, नेपालको प्रधानमन्त्री, नेपालको सरकारको साझेदार पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरेको ?अथवा नेपाली कांग्रेसमाथि आक्रमण गरेको ? म यो धार्मिक सहिष्णुता भंग गर्ने गतिविधिका लागि जुन दल उद्यत छ, त्यो दलमाथि प्रश्न गर्न चाहन्छु । रास्वपाका सहमहामन्त्री म कहाँ हतारिँदै आउनुभयो । क्यानका डिजीका बारेमा । उहाँ हाम्रो मान्छे । रवि लामिछानेको निर्वाचन क्षेत्रको मान्छे उहाँलाई जोगाउनुपर्‍यो भनेर म कहाँ अचानक आउनुभयो । त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो । म प्रश्न गर्न चाहन्छु यो द्वेध चरित्रले यो देश कहाँ पुग्छ रु नयाँ पार्टीसँग जनताको आशा, भरोसा छ भनिएको छ । यस्तो डबल स्ट्याण्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । यस विषयमा आम नेपाली जनता र सदनको ध्यानाकृष्ट गराउन चाहन्छु ।’

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री आफूकहाँ क्यानका महानिर्देशकलाई हटाउनु हुँदैन भन्न आएको भन्दै संसदलाई जानकारी समेत गराउनु भयो ।