५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रलाई चलायमान बनाउन सबै ढोका खुला गरौँ: प्रमुख सचेतक घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक विकासका लागि सम्भावनाका सबै ढोका खुला गरिनुपर्नेमा जोड दिनुभएको छ ।

संसदीय विटसँग सम्बन्धित पत्रकारसँगको भेटमा आज उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यमा लक्ष्य निर्धारण गरी अघि बढेको खण्डमा मात्र असल नतिजा हाँसिल गर्न सकिने बताउनुभयो । प्रमुख सचेतक घिमिरेले भन्नुभयो, “विकास र समृद्धिका लागि सरकार उदार हुनुपर्छ । सरकार, निजी क्षेत्र र जनतासहित सबै मिलेर पूर्वाधार निर्माणलगायतका गरेमा मात्रै चाहेको प्रतिफल हासिल गर्न सकिन्छ ।”

उहाँले मुलुकलाई तीव्र आर्थिक समृद्धिमा लैजान निजी क्षेत्रमा उत्साह जगाउन आवश्यक रहेको बताउनुभयो । “राज्य करले चल्छ भने निजी क्षेत्र नाफाले चल्छ । यो कांग्रेसको अवधारण हो, कसैले होइन भन्छ भने त्यसले कांग्रेसले बुझेकै छैन”, उहाँले भन्नुभयो ।

देशलाई विकास र समृद्धिमा लैजान आर्थिक उदारवादका माध्यमबाट विश्व समुदायसँग जोडिनुको विकल्प नभएको बताउनुहुँदै प्रमुख सचेतक घिमिरेले जनसहभागिताविना सरकारले चाहेर मात्र आर्थिक उपलब्धि हाँसिल हुन नसक्ने तर्क प्रस्तुत गर्नुभयो ।

कांग्रेस वर्तमान सत्ता गठबन्धनको ठूलो दल भएपनि संसद्मा पार्टीको भूमिका प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “किन भने हामी प्रधानमन्त्रीको दल र प्रतिपक्ष पनि होइनौँ । त्यो हिसाबले हाम्रो भूमिका धेरै ठूलो नहुन सक्छ तर पनि हरेक निर्णय र प्रक्रियामा कांग्रेसको भूमिका महत्वपूर्ण र प्रभावकारी हुन्छ नै । त्यो भूमिका निर्वाह गर्नुपर्छ ।”

अहिले पनि कांग्रेसले केही विषय र सैद्धान्तिक पक्षमा स्पष्ट हुनुपर्ने आवश्यक औल्याउनुहुँदै प्रमुख सचेतक घिमिरेले रुग्ण उद्योग सरकारले चलाउनुपर्छ भनी आएका विषयमा राज्यले व्यापार गर्न हुन्न भन्नेमा कांग्रेस दृढतापूर्वक उभिनुपर्छ भन्नुभयो । “राज्य व्यावसायिक संस्था होइन, नियमनकारी निकाय हो । नियमनकारी र व्यावसायिक संस्था एउटै हुन सक्दैन, यसमा पार्टी स्पष्ट हुनुपर्छ । रुग्ण उद्योग सञ्चालन गर्ने नाममा फेरी सरकारले लगानी गर्नुपर्छ भन्ने कुरा उठिरहेको छ । राज्य कोषलाई त्यसरी प्रयोग गर्ने छुट छैन भन्ने कुरा पनि सँगसँगै उठिरहेको छ । यसमा कांग्रेस चनाखो हुनुपर्ने छ”, उहाँले भन्नुभयो ।

मुलुकमा देखिएका अनियमिता र भ्रष्ट्राचारका विरुद्धमा तथा सुशासनको मामिलामा कांग्रेस दृढताका साथ उभिदै आएको र अहिले पनि सरकारबाट कतै पनि कम्जोरी हुन नदिन सक्दो सहयोग पुर्‍याउँदै आएको उहाँको स्पष्टोक्ति थियो । रासस




भर्खरै