४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनै ढाँचामा शतक बनाउने दोस्रो इंग्लिस खेलाडी डेविड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए



अ+ अ-

एजेन्सी । इंग्ल्याण्ड क्रिकेट टोलीका स्टार ब्याट्सम्यान डेविड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३७ वर्षीय मलान जोस बटलर बाहेक इंग्ल्याण्डका एकमात्र खेलाडी हुन् जसले तीनवटै फर्म्याटमा शतक प्रहार गरेका छन् ।

मलान टी–२० वरीयतामा नम्बर १ पनि बनेका थिए । मलान सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि इंग्ल्याण्डको टोलीबाट बाहिरिएका थिए । उनी अष्ट्रेलियाविरुद्धको सिरिजमा पनि टिममा परेका छैनन् । जसका कारण उनले सन्यास लिने निर्णय गरेका हुन् ।

मलानले इंग्ल्याण्डका लागि २२ टेस्ट, ३० एकदिवसीय र ६२ टी–२० अन्तर्राष्ट्रिय खेले । उनी टी–२० क्रिकेटमा नम्बर १ ब्याट्सम्यान पनि बनेका छन् । इंग्ल्याण्डका यी खेलाडीले टेष्टमा २७.५३ को औसतमा १ हजार ७४ रन बनाएका थिए । एकदिवसीय खेलमा उनले ५५.७६ को औसतमा १४५० रन बनाएका छन् ।

टी–२० मा उनले ३६.३८ को औसतमा १ हजार ८९२ रन बनाएका छन् । मलानले टेस्ट र टी–२० मा १–१ शतक र एकदिवसीयमा ६ शतक प्रहार गरेका छन् ।

मलानले सन् २०१७ मा दक्षिण अफ्रिकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय डेब्यु खेलमा ४४ बलमा ७८ रन बनाएका थिए । यसपछि उनले एसेजमा पर्थमा जोनी बेयरस्टोसँगको साझेदारीमा २२७ बलमा १४० रनको एकमात्र टेस्ट शतक बनाए ।

बायाँ हाते ब्याट्सम्यान मलानले आईपीएल पनि खेलिसकेका छन् । मलानलाई पञ्जाब किंग्सले सन् २०२१ मा १.५ करोड भारुमा टोलीको हिस्सा बनाएको थियो । तर, उनले एक खेलमा मात्रै खेल्ने मौका पाए । आईपीएलमा उनको नाममा २६ रन छन् ।

 




भर्खरै