४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनै ढाँचामा शतक बनाउने दोस्रो इंग्लिस खेलाडी डेविड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए



अ+ अ-

एजेन्सी । इंग्ल्याण्ड क्रिकेट टोलीका स्टार ब्याट्सम्यान डेविड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३७ वर्षीय मलान जोस बटलर बाहेक इंग्ल्याण्डका एकमात्र खेलाडी हुन् जसले तीनवटै फर्म्याटमा शतक प्रहार गरेका छन् ।

मलान टी–२० वरीयतामा नम्बर १ पनि बनेका थिए । मलान सन् २०२३ मा भएको एकदिवसीय विश्वकपपछि इंग्ल्याण्डको टोलीबाट बाहिरिएका थिए । उनी अष्ट्रेलियाविरुद्धको सिरिजमा पनि टिममा परेका छैनन् । जसका कारण उनले सन्यास लिने निर्णय गरेका हुन् ।

मलानले इंग्ल्याण्डका लागि २२ टेस्ट, ३० एकदिवसीय र ६२ टी–२० अन्तर्राष्ट्रिय खेले । उनी टी–२० क्रिकेटमा नम्बर १ ब्याट्सम्यान पनि बनेका छन् । इंग्ल्याण्डका यी खेलाडीले टेष्टमा २७.५३ को औसतमा १ हजार ७४ रन बनाएका थिए । एकदिवसीय खेलमा उनले ५५.७६ को औसतमा १४५० रन बनाएका छन् ।

टी–२० मा उनले ३६.३८ को औसतमा १ हजार ८९२ रन बनाएका छन् । मलानले टेस्ट र टी–२० मा १–१ शतक र एकदिवसीयमा ६ शतक प्रहार गरेका छन् ।

मलानले सन् २०१७ मा दक्षिण अफ्रिकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय डेब्यु खेलमा ४४ बलमा ७८ रन बनाएका थिए । यसपछि उनले एसेजमा पर्थमा जोनी बेयरस्टोसँगको साझेदारीमा २२७ बलमा १४० रनको एकमात्र टेस्ट शतक बनाए ।

बायाँ हाते ब्याट्सम्यान मलानले आईपीएल पनि खेलिसकेका छन् । मलानलाई पञ्जाब किंग्सले सन् २०२१ मा १.५ करोड भारुमा टोलीको हिस्सा बनाएको थियो । तर, उनले एक खेलमा मात्रै खेल्ने मौका पाए । आईपीएलमा उनको नाममा २६ रन छन् ।