• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने



काठमाडौँ । यु–२० साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा भारतलाई हराउदै बंगलादेश फाइनल प्रवेश गरेको छ। अब उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा बंगलादेशले भारतलाई ४–३ ले हरायो ।

बंगलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गर्दा भारतका परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे।

अब उपाधिका लागि बंगलादेश र नेपाल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्नेछन्। यसअघि सोमबार नेपालले भुटानलाई पेनाल्टी सुटआउटमै पराजित गरेर फाइनल प्रवेश गरेको थियो।