२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार

पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान
अ अ+ अ-

बेनी, (म्याग्दी) । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।

विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको सुरुआत गरेको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो । उहाँका अुनसार गत वर्ष बेनी नगरपालिकामा कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको रु तीन लाख पुरस्कार रकमबाट रु दुई लाख १८ हजार खर्च गरेर एउटा स्मार्ट बोर्ड सहित स्ट्याण्ड, ओपिएस बक्सलगायत सामग्री गरिद गरिएको छ ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले समेत व्यक्तिगत रूपमा रु एक लाख ६० हजार खर्च गरेर एक थान स्मार्ट बोर्ड खरिद गरी विद्यालयलाई उपलब्ध गराउनुभएको छ । विद्यालयमा दुईवटा स्मार्ट बोर्ड भएपछि विज्ञान विषयमा पठनपाठन हुने कक्षा ११ र १२ मा यसै स्मार्ट बोर्डबाट अध्यापन गराउन थालिएको प्रअ हमालले बताउनुभयो ।

विद्यालयको शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले प्रविधिमा विद्यार्थी अघि र शिक्षक पछि पर्ने जोखिम रहेकाले स्मार्ट बोर्डले शिक्षकलाई समेत प्रविधिमैत्री बनेर अध्यापन गराउन सहयोग पुग्ने बताउनुभयो ।

विद्यालयले पहिलोपटक प्रयोगमा ल्याएको स्मार्ट बोर्डको आइतबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गर्दै शिक्षण सिकाइलाई समयसापेक्ष रूपमा प्रविधि र व्यावहारिकतामा जोड्नुपर्ने बताउनुभयो ।

कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा एक हजार एक सय ५० बढी विद्यार्थी अध्ययरत छन् । विसं २०६६ देखि जिल्लामा पहिलोपटक विज्ञान विषयमा कक्षा ११ र १२ मा पठनपाठन गराउन सुरु गरेको विद्यालयमा अहिले कक्षा १२ मा ३० र कक्षा ११ मा २५ जना भर्ना भइसकेको र भर्ना हुने क्रम जारी रहेको विद्यालयका सहायक प्रधानध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो । रासस