• ३१ असार २०८१, सोमबार
  •      Mon Jul 15 2024
  •   Unicode
Logo

आगामी सातादेखि सर्वसाधारणलाई कोरोना विरुद्दको खोप दिँदै रुस



काठमाडैं । आगामी सातादेखि सर्वसाधारणलाई कोरोना भाइरस विरुद्दको खोप लगाउने अभियान शुरू गर्न स्वास्थ्य अधिकारीहरूलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिएका छन्। रुसले गत अगस्टमै उसका नियामक निकायले खोप स्वीकृत भइसकेको बताएको थियो । 

तर खोप परीक्षणमा महत्त्वपूर्ण मानिने तेस्रो चरणको सुरक्षा तथा प्रभावकारिता परीक्षण भने अहिले पनि जारी छ।

कोभिड–१९ का बिरामीहरूका निम्ति नयाँ अस्पतालहरूको भिडिओ कन्फरेन्समार्फत् उद्घाटन गर्ने कार्यक्रममा पुटिनले आगामी केही दिनमा रुसको स्पुतनिक फाइभ खोपको २० लाख मात्रा प्रयोगका निम्ति तयार हुने बताए।

ब्रिटेनले खोपको आम प्रयोगको अनुमति दिएको केही घण्टामा पुटिनको उक्त भनाइ सार्वजनिक भएको अलजजिराले जनाएको छ।