• ३२ श्रावण २०८१, शुक्रबार
  •      Fri Aug 16 2024
  •   Unicode
Logo
Latest
★   गठ्ठाघर दुर्घटनाको छानबिन गर्न कमिटी गठन ★   अमेरिकी उपबिदेशमन्त्रीको नेपाल भ्रमण: सेनालाई २ वटा हेलिकप्टर दिने ★   गगन थापा भन्छन्ः सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ ★   भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो ★   किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   डिजिटल बैंकिङ कारोबारलाई ऐनमार्फत व्यवस्थित गर्न सांसदहरुको जोड ★   कन्सल्टेन्सीहरुको नाममा विदेश पठाउने काम गर्नेहरुको अनुसन्धान भइरहेको छ: मन्त्री भण्डारी ★   जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता ★   कोलकाता बलात्कार–हत्या प्रकरण, पूर्व प्रधानाध्यापक सीबीआई हिरासतमा ★   मेलम्ची खानेपानी भरपर्दो छैन, ‘रेन वाटर होर्भेटिङ’ शुरु गरौं: ईश्वर पोखरेल

ट्रम्प लक्षित आक्रमणको भिडियो सञ्चारमाध्यममा भाइरल, भिडियोबारे पुष्टि हुन बाँकी



Republican presidential candidate former President Donald Trump is helped off the stage by U.S. Secret Service agents at a campaign event in Butler, Pa., on Saturday, July 13, 2024. (AP Photo/Gene J. Puskar)

बटलर । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आक्रमण गर्न एक बन्दुकधारीले हातमा राइफल लिएर छतबाट बन्दुक तेस्र्याइरहेको शनिबार अमेरिकी प्रसारक टीएमजेडद्वारा सार्वजनिक भिडियोमा देखाइएको छ ।

रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई शनिबार पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्‍यालीमा बन्दुकधारीले हत्याको प्रयास गर्दा कानमा गोली लागेको थियो ।

अमेरिकी गुप्तचर निकाय एफबीआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यू क्रुक्स रहेको जनाएको छ ।

भिडियोमा कथित आक्रमणकारी छतमा सुतेर ट्रम्पतर्फ राइफल लक्षित गरेको देखिन्छ ।

“केटाको लामो खैरो कपाल छ, र उसले खैरो सर्ट/खाकी पाइन्ट लगाएको देखिन्छ र उसले ‘ट्रिगर’ तान्नुअघि टाढाबाट ध्यानपूर्वक लक्ष्य पत्ता लगाउने प्रयास गरिरहेको देख्न सकिन्छ,” टिएमजेडले भिडियोलाई उद्धृत गर्दै भनेको छ ।

प्रसारित भिडियोमा ती व्यक्तिले गोली चलाएको देखाइएको छैन । तर बन्दूक चलेपछि अफ–क्यामेराबाट मानिसहरू बोलेको आवाज सुनिन्छ ।

“ऊ यस दिशामा फर्किरहेको छ, सावधान रहनुहोस् साथीहरू”, एक व्यक्तिले भिडियोमा भन्दै गरेको आवाज सुनिएको छ ।

“कसैलाई गोली लागेको छ”, अर्को व्यक्तिको आवाज सुनियो, “ऊ त्यहीँ ढलिरहेको छ ।”

“साथी, ट्रम्प सही ठाउँमा छन्,” अर्को व्यक्तिले भनेको सुनिन्छ ।

“त्यहाँ ‘सेक्रेट सर्भिस’ छ, कुनै पनि गडबडी नगरौँ,” भिडियोमा अर्का व्यक्तिले भनेको सुनिन्छ ।

टिएमजेडले प्रकाशित गरेको दोस्रो भिडियोमा उही छत र धुमिल शरीरको फुटेज देखाइएको छ ।

“तपाईँले त्यहाँ ती व्यक्तिलाई देख्न सक्नुहुन्छ । मलाई लाग्छ उनीहरूले त्यो व्यक्तीलाई गोली प्रहार गरे किनभने ऊ मृत देखिन्छ”, अफ–क्यामेराभन्दा टाढाबाट एकजना व्यक्तिले भनिरहेका थिए ।

एक टिकटक प्रयोगकर्ताले पोष्ट गरेको भिडियोमा धेरै पटक गोलीको आवाज सुनेपछि ट्रम्पले आफ्नो दाहिने कान छोपेको देखिएको छ ।

सार्वजनिक भिडियोलाईस्वतन्त्ररूपमा पुष्टि गर्न सकिएको छैन । भिडियोमा लुकेर बसेका तारो हान्ने व्यक्ति ९स्नाइपर० ले बन्धुक चलाए वा चलाएनन् भन्ने स्पष्ट छैन ।

ट्रम्पलक्षित आक्रमणपछि उहाँ लेक्टर्नको पछाडि लुक्नुभएको थियो भने सिक्रेट सर्भिसका अधिकारीहरूले उहाँलाई घेरेर सुरक्षा दिएका थिए ।

। उहाँको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको थियो । ट्रम्प खतरामुक्त्त रहेको उहाँ निकट श्रोतले बताएको छ ।