२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी सातादेखि सर्वसाधारणलाई कोरोना विरुद्दको खोप दिँदै रुस



अ+ अ-

काठमाडैं । आगामी सातादेखि सर्वसाधारणलाई कोरोना भाइरस विरुद्दको खोप लगाउने अभियान शुरू गर्न स्वास्थ्य अधिकारीहरूलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिएका छन्। रुसले गत अगस्टमै उसका नियामक निकायले खोप स्वीकृत भइसकेको बताएको थियो । 

तर खोप परीक्षणमा महत्त्वपूर्ण मानिने तेस्रो चरणको सुरक्षा तथा प्रभावकारिता परीक्षण भने अहिले पनि जारी छ।

कोभिड–१९ का बिरामीहरूका निम्ति नयाँ अस्पतालहरूको भिडिओ कन्फरेन्समार्फत् उद्घाटन गर्ने कार्यक्रममा पुटिनले आगामी केही दिनमा रुसको स्पुतनिक फाइभ खोपको २० लाख मात्रा प्रयोगका निम्ति तयार हुने बताए।

ब्रिटेनले खोपको आम प्रयोगको अनुमति दिएको केही घण्टामा पुटिनको उक्त भनाइ सार्वजनिक भएको अलजजिराले जनाएको छ।