२ माघ २०८१, बुधबार
,
Latest
सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने कंगनाको फिल्म ‘इमर्जेन्सी’लाई बंगलादेशमा प्रतिबन्ध लगाइयो पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः डब्लुएचओ प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको मर्क्युर होटेल उद्घाटन अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित एलिट कपः लन्चअघि आर्मी ४६ रनले पछाडि, भीमको अर्धशतक पीपीएमा भएका असमानता हटाई विद्युत खरिददर वृद्धि गर्न उर्जा व्यवसायीको माग मधेस प्रदेश सरकारले २७ औं भूकम्प सुरक्षा दिवस मनायो एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि नेपालीको अवरोध



अ+ अ-

बनियानी । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् ।

गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिनुभयो । “दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ”, उहाँले भन्नुभयो, “मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ ।” यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उहाँले बताउनुभयो ।

हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उहाँले बताउनुभयो । “हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं”, उहाँले भन्नुभयो, “तर, हामीलाई दिइएको छैन ।” कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उहाँले बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताउनुभयो । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।