• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

झापामा १६ वर्षकी बालिकामाथि सामूहिक बलात्कार, ६ जना पक्राउ



काठमाडौँ । झापामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

सामूहिक बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको लंका होटल एन्ड रिसोर्टका सञ्चालक लंका राजवंशीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा सञ्चालक राजवंशीसहित अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई , अर्जुनधारा –५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगी रहेका छन् । घटनामा संलग्न सञ्जीव तामाङ भने फरार रहेका छन् ।

शुक्रबार राति ती युवाले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

पीडित बालिकाले शुक्रबार राति सामूहिक बलात्कारको सिकार भएको भन्दै शनिबार प्रहरीमा उजुरी दिएकी थिइन्। पहिले हाट लाग्ने ठाउँमा जबरजस्ती करणी गरेको र त्यसपछि होटलमा पुर्‍याएर जबरजस्ती गरेको उजुरीमा भनिएको छ ।