• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

साफ यु–२० च्याम्पियनसिपको फाइनल पुग्न नेपालले आज भुटानसँग खेल्दै



काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

घरेलु टोली नेपाल र भुटानबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले दोस्रो खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।

अर्कोतर्फ भुटान भने समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

पहिलो खेलमा साविक विजेता भारतसँग १–० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २–१ ले हराउँदै भुटान सेमिफाइनल पुगेको हो ।