• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

हालाण्डको ह्याट्रिकमा सिटीको सहज जित



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले इप्सविच टाउनलाई ४–१ गोलले हराएको हो । घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन एर्लिङ हालाण्डले ह्याट्रिक गरे भने केभिन डी ब्रुएनाले एक गोल थपे ।

हालाण्डले १२ औं मिनेटमा (पेनाल्टी), १६ औं र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । डि ब्रुएनाले १४ औं मिनेटमा गोल गरेका थिए । यता ७ औं मिनेटमा सामी स्जमोडिक्सले गरेको गोल इप्सविचका लागि सान्त्वना गोल बन्यो ।

सिटीको यो लगातार दोस्रो जित हो । साविक विजेता सिटी ६ अंकका साथ शीर्षस्थानमा छ । यसै सिजन शीर्ष लिगमा बढुवा भएर आएको इप्सविचको यो लगातार दोस्रो हार हो ।