१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट अन्ततः उठ्यो देवानगञ्ज घटनाका दुई मृतकको शव तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नार्कका कृषि वैज्ञानिक आन्दोलित, समान तहका कर्मचारीको पारिश्रमिक समान बढाउन माग



अ+ अ-

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक आन्दोलित भएका छन् । पारिश्रमिकमा विभेद गरी मनोबल गिराउने काम गरेको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

अनुसन्धान कार्यलाई प्रभावकारी बनाउनभन्दा गैरकानुनी तरिकाले विनियममा भएका वैज्ञानिक व्यवस्थालाई अवैज्ञानिक बनाएको तथा समकक्षी कर्मचारीको भन्दा वैज्ञानिक कर्मचारीको तलब कम निर्धारण गरेको उनीहरुको आरोप छ ।

वैज्ञानिक समूहको मानमर्दन गर्ने र वैज्ञानिकको मनोबल गिराएर पलायन हुन बाध्य बनाउने तथा संस्थालाई धराशयी बनाउने स्थिति सिर्जना गरिएको आन्दोलित कर्मचारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पटक–पटक यस विषयमा मौखिक र लिखित रुपमा आवाज उठाउँदा पनि बेवास्ता भएको उनीहरुको आरोप छ । भद्र रुपमा गर्दै आएको आग्रहलाई बेवास्ता गरेको तथा अदालतको आदेशलाई नार्क व्यवस्थापनले पालना नगरेका कारण विरोध प्रदर्शनमा उत्रिनुपरेको प्रस्टोक्ति उनीहरुले दिएका छन् ।

पारिश्रमिकमा भएको विभेदविरुद्ध वैज्ञानिकहरुले २०८० चैत १५ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले जेठ २ गते समान आधारभूत मासिक तलब कायम गर्न आदेश दिएको छ ।

उच्चको परमादेशमा २०८१ साउन १ देखि समकक्षी कर्मचारीसँग समान हुने गरी तलबमान निर्धारण गरी कार्यान्वयन गर्न, गराउन नार्क व्यवस्थापनलाई आदेश दिइएको छ । “तर व्यवस्थापनले अदालतको आदेश कार्यान्वयन गर्न आनाकानी गरेपछि हामी आन्दोलित हुनुपरेको हो,” विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनरत कृषि वैज्ञानिकहरुले नार्क व्यवस्थापनको राजीनामा, अदालतको आदेश तत्काल कार्यान्वयन, समकक्षी प्रशासनिक कर्मचारीसरह वैज्ञानिक कर्मचारीलाई साधन स्रोत वितरण र अनुसन्धान गर्ने उचित वातावरण माग गरेका छन् । यथाशीघ्र माग पूरा नभए जस्तोसुकै कदम चाल्ने चेतावनी उनीहरुले दिएका छन् ।

२०४८ सालमा तत्कालीन नेपाल सरकार कृषि सेवामा कार्यरत कर्मचारीलाई थप सेवा सुविधा दिएर अनुसन्धानको विशेष कार्यभार सुम्पिने गरी नेपाल कृषि अनुसन्धान परिषद् ऐन २०४८ मार्फत नार्कको स्थापना गरिएको हो । अहिले विभिन्न व्यवस्थापकीय कमजोरीका कारण संस्था ओरालो लाग्दै गएको छ ।