३१ श्रावण २०८३, आईतवार
,
Latest
शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमी सायुज्यसँग विवाह गर्दै स्मिता



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मिता दाहालले विवाह गर्ने भएकी छिन् ।

स्मिताले प्रेमी बबरमहल घर भएका २७ वर्षिय सायुज्य श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । उनीहरुको विवाह आगामी मंसिर २१ गते गोकर्णस्थित नर्लिङ रिसोर्टमा आयोजना गरिने बताईएको छ ।

केही दिनअघि इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै स्मिताले सायुज्यलाई प्रेमीको रुपमा चिनाउँदै उनी आफ्नो जीवनसाथी हुन लागेको बताएकी थिइन् । यी दुईबीच पनि इन्गेजमेन्ट भैसकेको छ ।

‘मेरो माया, कलेजको बेन्चहरूमा लुकेर हेराहेर गर्दादेखि सधैंको लागि योजना बनाउँदासम्म । हामीले मात्र बुझ्न सक्ने यो हाँसो, अबेर रातीसम्मको कुराकानी र शान्त क्षणको यात्रा । साथीदेखि मेरो माया र अहिले सँधैको लागि । तिमीले ल्याएका हरेक खुसीको लागि धन्यवाद ।’, स्मिता इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो औंला वरिपरि बेरिएको वाचाको लागि र मलाई संसारको सबैभन्दा भाग्यशाली हृदय बनाएकोमा धन्यवाद । यहाँ हाम्रो सुरुवातको लागि, यी हातले बनाएका सपना, माया, हाँसो र अनन्त सुन्दर सम्झनाको जीवनको लागि । म तिम्रो हुनको लागि पर्खन सक्दिन, सधैं र सधैं । मेरो सारा हृदयले, तिम्रो ।’