२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब प्रधानमन्त्रीले आठवटै मार्की खेलाडीको बयान गरे



file photo
अ+ अ-

काठमाडौँ । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गरिएको छ ।

धरहरा परिसरबाट नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी अनावरण गरेका हुन् ।

सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्दा एकछिन हाँसोको माहोल छायो । प्रधानमन्त्री ओलीले आठ वटै फ्रेन्चाइजका मार्की खेलाडीलाई लिएर यसरी बयान गरे कि मार्की खेलाडी समेत मुसुमुसु हाँस्दै बसे ।

प्रधानमन्त्री ओलीले भने – ‘जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले स्पोट्सम्यानसिप देखाउँदै आयरल्याण्डका खेलाडीलाई रन आउट नगरेको त्यो भाइरल भिडियो मैले पनि हेरेको थिएँ । आसिफ सेखलाई क्याप्टेन, कुल, शान्त भनेर नाम, उपनाम दिएपनि हुन्छ । काठमाडौं गोर्खाजका कप्तान करण केसीलाई भ्यालेन्टाइन ब्वाइ भनेर सम्बोधन गर्नेकुरा थाहा पाएको थिएँ । उनले राजधानीको नाम राख्ने आशा लिएको छु । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल बलर हुन् की ब्याटर छुट्याउन गाह्रो हुने उनको कौशल छ, विश्वले नै छुट्याउन सकेको छैन जस्तो लाग्छ । यस पटक ९९ मा आउट हुन नपरोस् । शतक हान्नु भन्ने मेरो शुभकामना छ । हाम्रो साथीहरुले चितवन राइनोज भन्ने गर्नुभएको छ, म चाहीँ चितवन गैडाज भन्ने गर्दछु । त्यति पनि अंग्रेजी नजान्ने भनेर फेरि भन्लान् । अंग्रेजीको पण्डित हुनुपर्छ भन्ने केही छैन, तपाईंहरु क्रिकेट चाहीँ राम्रो खेलाडी होस् । चितवन राइनोजका कप्तान कुशल मल्ल हेर्दा सानोसानो जस्तो लाग्थ्यो । ज्यानमा तागत बोकेर छक्का हान्ने शैली साह्रै मन पर्छ । लुम्बिनी लायन्सका रोहित पौडेलको नाम सुन्यो की मलाई गर्व लाग्छ । रोहितको कप्तानीले लुम्बिनीको भावना मैदानमा देख्नेछ । विराटनगर किंग्सका सन्दीप लामिछाने त हाम्रो क्रिकेटको ब्राण्ड एम्बेस्डर जस्तै रहे । बिबिएलदेखि आइपिएलसम्म सन्दीपको बलले धेरै ब्याट्सम्यानलाई नाच्न बाध्य पारेको छ । त्यसैले त मैले भनेको थिएँ, नेपालीले चान्स पायो भने गर्छ । कर्णाली याक्सका सोमपाल कामीका ति योर्करहरुलाई कसले भुल्नसक्छ । सोमपालले कर्णालीको चिसो पानीको तागत मैदानमा देखाउनेछन् । अन्तिममा हिरोको पालो आउँछ । मेरो फेब्रेट नै भनौँ । नेपाली क्रिकेटका बाघ दीपेन्द्र सिंह ऐरीको ६ छक्काको कीर्तिमा मलाई स्मरण छ । एनपिएलमा यस्ता धेरै कीर्तिमान बनुन् । सुदूरपश्चिम रोयल्सलाई पनि मेरो शुभकामना छ ।’