२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताउनुभएको छ ।

सोमवार धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण कार्यक्रममा बोल्दै उहाँले सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले एनपिएलको चर्चा स्वदेशमा मात्र नभए विदेशमा समेत भइरहेको भन्दै एनपिएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले सबै टिमलाई जितको अग्रिम शुभकामना दिनुभयो । उहाँले खेल क्षेत्रले नेपाललाई अब विश्वमा चिनाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनपिएलले यस पालिको जुन चर्चा र परिचर्चा भइरहेको छ, त्यसमा सम्पूर्ण नेपालीलाई मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि यसको त्यत्तिकै चर्चा र परिचर्चा भइरहेको छ । सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु । एनपिएलले आर्थिक रुपमा मात्रै होइन, औद्योगिक रुपमा पनि त्यत्तिकै सशक्त रुपमा अघि बढेको हुनाले क्यानका सबै साथीहरु, उद्योगी, बैंकर्स सबैलाई धन्यवाद दिन चाहन्छु । यसबाट नेपालको आर्थिक, पर्यटक रुपमा निकै ठूलो अघि बढ्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एनपिएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिता भएको बताउनु भयो । उहाँले खेलकुदलाई शारीरिक स्वास्थ्यसँग मात्रै जोड्ने कुराको रुपमा हेरे पनि एनपिएलललाई उद्यम, आर्थिक क्रियाकलापको क्षेत्रको रुपमा एनपिएललाई अघि सारिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनपिएल नेपाली खेलकुदलाई बुझ्ने पुरानो मूल्य, मान्यता तोडेर नयाँ मान्यता स्थापित गर्ने एउटा ऐतिहासिक प्रतियोगिताको रुपमा मैले यसलाई लिन्छु । हाम्रो माझमा खेलकुदलाई शारीरिक स्वास्थ्यसँग मात्रै जोड्ने कुरा थियो, तर अब यो एउटा उद्यम, आर्थिक क्रियाकलापको क्षेत्रको रुपमा एनपिएललाई अघि सारिएको छ । म यसको शुरुवाती दिनदेखि नै सँगै छु ।’

सदस्यसचिव घिसिङले खेललाई स्वास्थ्यसँग मात्रै जोडेर हेर्न नहुने बताउनु भयो ।