१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ?



अ+ अ-

काठमाडौँ । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गरिएको छ ।

धरहरा परिसरबाट नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी अनावरण गरेका हुन् ।

यसैबीच, ट्रफीमा राखिएको एक वस्तु अहिले चर्चाको विषय बनेको छ । सार्वजनिक ट्रफीको सबैभन्दा माथि एउटा ढुंगा रहेको छ । यही ढुंगा सामाजिक सञ्जालमा अहिले चर्चाको विषय बनेको हो ।

ट्रफीमा राखिएको ढुंगा सगरमाथा क्षेत्रस्थित कालापत्थरको रहेको क्यानले जनाएको छ । क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुंगा राखिएको बताए । यो ट्रफीले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उनको भनाई छ ।

उनले भने– ‘सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको ढुंगा यस ट्रफीको मुख्य आर्कषणको रूपमा रहेको छ । एनपिएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्‍याउने आशा राखेका छौँ । यसले हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्न झकझक्याउनेछ ।’

निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थर क्षेत्रबाट उक्त ढुंगा ल्याएका हुन् । उक्त पत्थर ल्याउन सहयोग गरेकामा यी दुई पर्वतारोहीलाई क्यानले सम्मान पनि गरेको छ ।

एनपिएल यही मंसिर १५ गतेदेखि आयोजना हुँदैछ ।