२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च



अ+ अ-

एजेन्सी । साउदी अरेबियाको जेद्दाहमा आईपीएलको मेगा अक्सनको पहिलो दिन आइतबार कप्तानले वर्चस्व राखेका छन् । टोलीले ४ कप्तान किन्न ८३.५० करोड खर्च गरेको छ ।

सबै १० फ्रेन्चाइजीहरूले ७२ खेलाडीहरूमा ४६७.९५ करोड रुपैयाँ खर्च गरे । टोलीले अब १३२ खेलाडीहरू १७३.५५ करोडमा किन्नुपर्नेछ ।

बलरहरूले लिलामी रकमको ४४ प्रतिशत लिए । स्पिनरमा युजवेन्द्र चहलको नाम शीर्षमा रह्यो तर ११ स्पिन बलरमध्ये ७ जना करोडपति बने । अर्कोतर्फ, टोलीले फास्ट बलरमा धेरै पैसा खर्च गरे, सबै २० पेसर करोडपति बने ।

पहिलो दिन ८४ खेलाडीको बोलपत्रमा ७२ बिकेका थिए भने १२ बिक्रि भएनन् । ७२ खेलाडीमध्ये ४२ क्याप अर्थात् अन्तर्राष्ट्रिय खेलाडी थिए भने ३० अनक्याप्ड खेलाडी थिए । क्याप्ड खेलाडीहरूमा ४१४.९ करोड रुपैयाँ खर्च भयो, जसको मतलब औसत खेलाडीले ९.८७ करोड रुपैयाँ कमाए । अर्कोतर्फ अनक्याप्ड खेलाडीको औसत मूल्य १.७६ करोड मात्रै रह्यो ।

ऋषभ पन्त शीर्ष क्याप खेलाडी थिए, उनलाई लखनउले २७ करोडमा किन्यो । रसिख सलाम शीर्ष अनक्याप्ड खेलाडी रहे । उनलाई बेंगलुरुले ६ करोडमा किन्यो । १३ अनक्याप खेलाडीको मूल्य १ करोड छुन सकेन ।

टोलीले ऋषभ पन्त, श्रेयस अय्यर, केएल राहुल र जोस बटलरमा ८३.५० करोड खर्च गरे । पन्त सबैभन्दा महँगा खेलाडी, श्रेयस सबैभन्दा महँगा ब्याट्सम्यान र बटलर सबैभन्दा महँगा विदेशी खेलाडी साबित भए ।

दिल्लीले केएल राहुललाई १४ करोडमा किन्यो, यो लिलामीको दृष्टिकोणबाट निकै स्मार्ट सम्झौता मानिन्छ । पन्तले दिल्ली, श्रेयसले कोलकाता र राहुलले लखनउको कप्तानी गरेका छन् भने बटलर इङ्ल्यान्डको सेतो बलको कप्तान छन् । आईपीएलको मेगा अक्सन आज पनि चल्नेछ ।