८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

पल्सर स्पोर्ट्स अवार्ड २०८०: पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

पल्सर स्पोर्ट्स अवार्ड २०८०: पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
अ+ अ-

काठमाडौं, भदौ ७– नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । आगामी भदौ २८ गते हुने अवार्डका लागि क्रिकेटका गुल्सन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमति बिष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठ पिपल्स च्वाइसको मनोनयनमा परेका हुन् । खेलक्षेत्रमा पाएको सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गर्ने गरिन्छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रीति र गुल्सन भने उपस्थित थिएनन् ।

प्रीति एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको प्रतिस्पर्धाका लागि उनको क्लब एपिएफसँग मलेसिया पुगेकी छन् । गुल्सन भने भारतमा नेपाली क्रिकेट टोलीको प्रशिक्षणमा छन् । पत्रकार सम्मेलनमा पाँच खेलाडीमध्ये तीनले यो अवार्डको मनोनयनमा पर्नु नै गौरवको क्षण रहेको प्रतिक्रिया दिँदै आ–आफ्ना खेल संघ र टिमको साथले यहाँ आइपुगेको धारणा राखे । रग्बी खेलाडीका श्रीरामले १० वर्ष राष्ट्रिय टोलीबाट खेलेपछि यो सफलता पाएको उल्लेख गर्दै मनोनयनमा आफू एक्लै नभइ नेपालको रग्बी खेल परेको धारणा राखे ।

पिपल्स च्वाइसको विजेता चयन खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाकोे भोटिङबाट हुनेछ । ५० प्रतिशत मतभार रहने ईसेवाको भोटिङ शुक्रबारदेखि नै सुरु भैसकेको छ । सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमा रहेको खेलाडीका फोटोमा लाइक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेफ सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।
शुक्रबार नै मनोनयन सार्वजनिक हुनुअघि मञ्च र भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी ई–सेवासँग सम्झौता नवीकरण भएको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र ई–सेवाका प्रमुख बजार व्यवस्थापक आशिष गौतमबीच सम्झौता भएको हो । सो अवसरमा गौतमले विगत ६ वर्षदेखि भैरहेको यो सहकार्यप्रति सदैव गौरवपूर्ण रूपमा लिने बताए । ‘हामीले पिपल्स च्वाइस आफ्नो क्यालेन्डरमा नै समावेश गर्न थालिसकेका छौं । राष्ट्रले गर्नुपर्ने काम पत्रकार मञ्चले गर्दै आइरहेको र यसमा हामी पनि सहभागी हुन पाउँदा धेरै खुसी छौं,’उनले भने ।

यस मनोनयनमा पर्ने पाँचै खेलाडीले इसेवा केयर प्रडक्ट पनि पाउने ई–सेवाका प्रमुख बजार व्यवस्थापक गौतमले जानकारी दिए । कमलादास्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने पल्सर स्पोर्ट्स अवार्ड २०८० मा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर गरी कुल ९ विधामा अवार्ड प्रदान गरिँदै छ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुप हो ।

यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई पाँच थान बजाज पल्सर मोटरसाइकल प्रदान गरिँदैछ । पिपल्स च्वाइस अवार्डका विजेताले पल्सरको एनएस ४०० सिरिज प्राप्त गर्नेछन् । यो बजाजको नयाँ बाइक हो । अन्य चार विधाका विजेताले एनएस २०० पाउनेछन् । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, केल्मी नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) रहेका छन् ।

मनोनयनमा रहेका खेलाडीको सफलता

गुलशन झा (क्रिकेट)

– राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य । देव्रेहाते ब्याटर एवं दाहिने हाते बलर
– नेपाललाई पहिलो पटक एसिया कप क्रिकेटमा पु¥याउँदा यूएईविरुद्ध प्रिमियर कपको फाइनलमा अविजित ६७ रन बनाउनुका साथै १ विकेट लिन सफल
– आईसीसी एसिया ट्वान्टी–२) विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालबाट सर्वाधिक रन बनाउनेक्रममा २५ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५४ रन बनाउन सफल ।
– १६ वर्षको कलिलो उमेरमै सिनियर राष्ट्रिय टोलीबाट डेब्यू ।
– सर्लाही मलंगवामा जन्मिएका गुलशन नेपाल पुलिस क्लबसँग आवद्ध ।
– ३२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको ।
– दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा खेल्दाका महत्वपूर्ण सदस्य ।

कविता भट्ट (भलिबल)

– राष्ट्रिय महिला भलिबल टोलीकी नियमित सदस्य
– काभा महिला नेसन्स लिग २०२४, उपविजेता, काभा महिला भलिबल च्यालेन्ज कप २०२३, तेस्रो
– १९ औं एसियाली खेलकुदमा सहभागी
– डडेलधुरामा जन्मेकी कविता नेपाल एपीएफ क्लबस‌ग आवद्ध
– एपीएफलाई १६ औं ढोरपाटन डबल लिग भलिबल, २०८० विजेता बनाउन महत्वपूर्ण भूमिका
– चौथो टाइगर कप २०८० विजेता (एपीएफ)
– आठौं आरबीबी–एनभीए कप २०८० उपविजेता (एपीएफ), वेस्ट ब्लकर
– सातौं केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता (एपीएफ) वेस्ट सर्भर

मानमति विष्ट (कबड्डी)

– १९औं एसियाली खेलकुदको कांस्य पदक विजेता (रेड र डिफेन्स दुवैमा उत्कृष्ट खेलाडी )
– १३ औं सागमा कबड्डीबाट रजत पदक ।
– १२ औं सागमा एथलेटिक्समा सहभागी ।
– एथलेटिक्सकी पूर्व खेलाडी । छैटौं राष्ट्रिय खेलकुदमा ४०० हर्डल्समा स्वर्ण र ८०० मिटर दौडमामा स्वर्ण, ४ गुणा १०० मिटर रिले र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण ।
– भीमदत्त नगरपालिका–३ कञ्चनपुरमा जन्मेकी मानमति नेपाल पुलिस क्लबसँग आबद्ध
– काठमाडौंमा भएको महिला तथा पुरुष कबड्डी सुपर लिगमा पुलिस क्लब टिम प्रथम । मानमति बेस्ट प्लेयर ।
– राष्ट्रिय महिला कबड्डी प्रतियोगिता राजविराजमा उनको टिम पुलिस च्याम्पियन । मानमति बेस्ट प्लेयर
– एथलेटिक्सकी पूर्व खेलाडी । छैटौं राष्ट्रिय खेलकुदमा ४०० हर्डल्समा स्वर्ण र ८०० मिटर दौडमामा स्वर्ण, ४ गुणा १०० मिटर रिले र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण ।

प्रीति राई (फुटबल)

– महिला राष्ट्रिय फुटबल टोलीकी महत्वपूर्ण सदस्य । १६ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी खेलाडी ।
– मिडफिल्डमा छिटो छरितो खेल ।
– साउदी अरेबियामा भएको आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता, प्रीतिको उत्कृष्ट प्रदर्शन ।
– लेवनानविरुद्धको सेमिफाइनलमा निर्णायक गोल ।
– एएफसी वुमन्स च्याम्पियनसिप, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा गोल गर्न सफल खेलाडी
– राष्ट्रिय महिला लिगमा सात गोल गर्न सफल
– यु–१५, यु–१८, यु–२० मा नेपाली टोलीकी कप्तान ।
– सोलुखुम्बुमा जन्मेकी प्रीति एपीएफ क्लबबाट घरेलु फुटबल

श्रीराम श्रेष्ठ (रग्बी)

– नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दाका खेलाडी,
– काभ्रेको बनेपा नालामा जन्मेका श्रीराम राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशलाई च्याम्पियन बनाउँदाका कप्तान
– १९ औं हाङझाउ एसियाली खेलकुद खेल्दाका टिमका मुख्य खेलाडी,
– भारतको चेन्नईमा सन् २०१५ मा भएको ओलम्पिक छनोटमा सहभागी,
– २०१६ मा चेन्नईमा भएको एसियन रग्बी सेभेन्स, २०१७ मा कतारमा भएको एसियन रग्बी सेभेन्स र २०१८ मा सिंगापुरमा भएको एसियन रग्बी सेभेन्सका प्रतिस्पर्धी
– २०२१ मा नेपालले खेलेको पहिलो आधिकारिक रग्बी फिप्टिन्स प्रतियोगिता बंगबन्धु सिरिजका खेलाडी ।
–सन् २०२२ मा भारतमा भएको वल्र्ड रग्वी फिप्टिन्स डिभिजन ३ का कप्तान । नेपालको डिभिजन ३ मा पहिलो पटक प्रवेश गरेकाे