३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका–५ लगनखेलस्थित न्हुँ पोखरीको उचित संरक्षण हुन सकेको छैन । महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुन:निर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै व्यवस्थित हुन सकेका छैनन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनपछि ललितपुर महानगरपालिका–५ का जनप्रतिनिधिको पहलमा न्हुँ पोखरी सरसफाइ गरिएको थियो । २०७६ सालमा सो पोखरी संरक्षणका लागि गुरुयोजना तयार गरेर काम सुरु गरिएपनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन ।

ललितपुर महानगरपालिका–५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले न्हुँ पोखरी संरक्षणको काम थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक पोखरी संरक्षणका लागि वडाका तर्फबाट पहल भइरहेको छ । संरक्षणका कामलाई तीव्रता दिनुपर्ने हो, तर प्राविधिक कारणले ढिलाइ भएको छ ।”

मल्लकालीन समयको न्हुँ पोखरी संरक्षण भएमा लगनखेलको सुन्दरता अझ बढ्ने लगनखेलका स्थानीय राजभाई देउला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामी बाल्यकालमा न्हुँ पोखरी छेउमा खेल्ने गथ्र्यौँ । धेरै वर्षसम्म पोखरी सुख्खा थियो । स्थानीयको पहलमा अहिले पानी भरिएपनि संरक्षण हुन सकेको छैन । महानगरले छिटो पोखरी संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्छ ।”

हाल सो पोखरीमा फोहर पानी छ । परिसरमा घाँस उम्रेको छ । पोखरीलाई तारबार गरेर राखिएको छ । रासस