• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

वरिष्ठ नेता पौडेलले यसरी गरे बुल्दीखोलाको पुल उद्घाटन, हेरौ यी तस्विर



काठमाडौं । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलामा रहेको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेलले कांग्रेसका सयौं कार्यकर्तासहित बिहीबार पुल उद्घाटन गरेका हुन् ।

बुधबार पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासन कार्यालयले बुधबार पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल  पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई पछि छाडेको थियो ।

बुधबार प्रहरीले गरेको व्यवहारको विरोध गर्दै बिहीबार कांग्रेसका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । 

हेरौ यी तस्विर…..