२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको छ ।

यो जितसँगै नेपाल समूह विजेता बनेको छ । नेपालको जितमा समिर तामाङ र निराजन धामीले गोल गरे ।

नेपाल र बंगलादेश यसअघि नै सेमिफाईनल प्रवेश गरिसकेका थिए । यो खेलको नतिजाबाट समूह विजेताका लागि टुंगो लाग्ने थियो ।

नेपाल समूह ए मा दुई खेल जित्दै ६ अंक जोडेर समूह विजेता बन्दा बंगलादेश ३ अंकसहित समूह उपविजेता बन्यो । श्रीलंका भने दुवै खेल हारेर यसअघि न‌ै समूह चरणबाट बाहिरिइसकेको छ ।

नेपालले सेमिफाईनलमा भिड्ने टोलीको टुंगो शुक्रबार हुने समूह बी को अन्तिम खेलपछि लाग्नेछ ।

च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह समूह बी को अन्तिम खेल भारत र माल्दिभ्सबीच हुनेछ ।