४ पुष २०८२, शुक्रबार
,
Latest
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐना राख्दा ध्यान राख्नुहोस् यी १० कुराहरु



अ+ अ-

हाम्रो घर वा डेरामा जहाँ भएपनि ऐना अनिवार्य नै हुन्छ । ऐनाबिना त मानिसको सुन्दरता अधुरो नै रहन्छ भन्दा पनि हुन्छ । तर घरमा ऐना राख्दा जहाँ मिल्यो त्यहीँ राख्नु चाँहि हुँदैन किनभने ऐनाले धेरै भूमिका खेलिरहेको हुन्छ । घरमा सही स्थान र दिशामा राखिएको ऐनाले तपाइँलाई शुभफल समेत दिन सक्छ । बास्तुशास्त्रका अनुसार घरमा ऐना राख्दा यी १० कुराहरुमा ध्यान दिन आवह्यक रहेको छ । 

१) बास्तुशास्त्रका अनुसार ऐना छोपेर राख्नु राम्रो मानिन्छ । सकेसम्म ऐना दराज खोल्दा देखिने भयो भने उत्तम मानिन्छ ।

२) तपाइँले ऐना जहाँ राखे पनि उत्तर पूर्व दिशामा पर्ने गरी लगाउनुपर्छ । यसले तपाइँको आम्दानीको श्रोत बढाउन मद्दत गर्छ ।

३)  ठूलो तर हलुका ऐनालाई राम्रो मानिन्छ । घरमा जति ऐना भएपनि फरक पर्दैन तर फरक ऐनाको फुटेका २ टुक्रालाई जोडेर एक ठाउँमा भने नराख्नुस् । यस्तो निक्कै अशुभ मानिन्छ ।

४) घरमा अँधेरो भइरहने स्थानमा गोलो ऐना राख्नु राम्रो मानिन्छ यसले घरमा भएको नकारात्मक उर्जा घटाउन मद्दत गर्छ ।

५) ऐना यस्तो ठाउँमा राख्नुपर्छ जुन ढोका वा झ्यालको साम्ने नहोस्

६) सुत्ने कोठामा सकेसम्म ऐना नराख्नुस् । ओच्छ्यानको सामुन्ने त राख्दै नराख्नुस् । यसले तपाइँको जीवनमा सम्बन्ध विगार्न सक्छ ।

७) ऐना राख्दा कुनै पनि नराम्रो बस्तु ऐनामा पर्ने गरी नराख्नुस् । सकेसम्म ऐनाबाट राम्रो बस्तुको प्रतिबिम्ब आउनु राम्रो मानिन्छ ।

८) कुनै पनि कोठामा चारैतिर ऐना राख्नु अशुभ मानिन्छ । यस्तो ऐना भएको कोठामा धेरै समस्या आउने बास्तुशास्त्रको दावी छ ।

९) घरको भित्तामा एकदम माथि वा तल पर्ने गरी ऐना राख्नु राम्रो मानिँदैन । यस्तो भयो भने घरका मानिसहरुलाई अनेक समस्या आउन सक्छ ।

१०) तपाइँको ऐना फुटेको वा धुलो वा फोहोर लागेको हुनु नराम्रो मानिन्छ । यस्तो ऐनाले घरमा नकारात्मक उर्जा पैदा गर्ने बास्तुशास्त्रको भनाइ छ ।