२५ जेष्ठ २०८३, सोमबार
,
Latest
५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतम गम्भीरले चुने क्रिकेटका अल टाइम प्लेइङ–११, भारतका एउटा पनि क्रिकेटर परेनन्



अ+ अ-

एजेन्सी । पूर्व क्रिकेटर तथा भारतीय टोलीका वर्तमान मुख्य प्रशिक्षक गौतम गम्भीरले स्पोर्ट्सकीडासँग कुरा गर्दै आफ्नो सर्वकालीन विश्व ११ को घोषणा गरेका छन् ।

अल टाइम प्लेइङ–११ छनोट गरेर गौतम गम्भीरले आफ्नो निर्णयले सबैलाई चकित पारेका छन् ।

उनले प्लेइङ–११ मा ती खेलाडी छनोट गरेका छन्, जससँग उनले क्रिकेट खेलेका छन् । यस टोलीमा केही आश्चर्यजनक छनोटहरू छन् र सूचीमा एक पनि भारतीय खेलाडीको नाम समावेश छैन ।

गम्भीरले आफ्नो विश्व ११ मा तीन कप्तान चयन गरेका छन्, जसमा उनले दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, वेस्ट इन्डिजका ब्रायन लारा र पाकिस्तानका इन्जमाम उल हकको नाम समावेश गरेका छन् । पूर्व भारतीय क्रिकेटर गौतम गम्भीरले कसैलाई पनि विशेष गरी कप्तान चयन गरेका छैनन् ।

गम्भीरको विश्व ११ मा एडलम गिलक्रिस्ट र म्याथ्यु हेडन समावेश छन्, जो ओपनरका रूपमा छनोट भएका छन् । उनले मध्यक्रममा एबी डिभिलियर्स, इजामाम उल हक र ब्रायन लारालाई स्थान दिएका छन् । प्लेइङ–११ मा एन्ड्रयु साइमण्ड्स, अब्दुल रज्जाक, एन्ड्रयु फ्लिन्टफ अलराउन्डरका रुपमा छनोट भएका छन् ।

त्यसैगरी स्पिनरका रूपमा मुथैया मुरलीधरन र सोएब अख्तर र मोर्ने मोर्केललाई फास्ट बलरका रूपमा चयन गरिएको थियो ।

गम्भीरको विश्व ११ मा न्यूजिल्याण्ड र बंगलादेशका कुनै खेलाडीलाई स्थान दिइएको छैन र रिकी पोन्टिङ, ग्लेन म्याकग्राजस्ता खेलाडीले पनि स्थान पाएका छैनन् ।

गौतम गम्भीरले छनोट गरेका विश्व ११–
एडम गिलक्रिस्ट, म्याथ्यू हेडेन, एबी डिभिलियर्स, ब्रायन लारा, इन्जमाम उल हक, एन्ड्रयू साइमन्ड्स, अब्दुल रज्जाक, एन्ड्रयू फ्लिन्टफ, मुथैया मुरलीधरन, शोएब अख्तर, मोर्ने मोर्केल ।




भर्खरै