४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका गम्भीर बिरामीको उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकको निष्कर्ष



अ+ अ-

एजेन्सी । कोरोना भाइरसका गम्भीर बिरामीको उपचार गाँजाबाट हुने सक्ने एक अध्ययनको निष्कर्ष रहेको छ । अमेरिकाको साउथ क्यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको गाँजाका तीनवटा अध्ययनबाट यस्तो तथ्य खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीनवटै अध्ययनमा गाँजाको माध्यमबाट गम्भीर खालका कोरोना संक्रमितको उपचार हुने बताइए पनि अन्तिम निष्कर्ष आउन बाँकी नै छ । अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुले गाँजा खान प्रोत्साहन हुने आशंका गरेका छन् ।

अमेरिकी अनुसन्धानमा गाँजामा उपलब्ध टिएचसी (Tetrahydrocannabinol) पदार्थले कोरोना संक्रमितको उपचार हुनसक्ने प्रष्ट देखिएको छ । टिएचसीले खतरनाक इम्युन रेस्पोन्सबाट बचाउन सक्छ । जसका कारण एक्युट, रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) को शिकार भएका व्यक्तिलाई लाभ प्राप्त हुन्छ । डेलिमेलका अनुसार कोरोनाका गम्भीर बिरामी एआरडिएसको समस्या हुन्छ । कोरोनाबाट ज्यान गुमाउनेमध्ये धेरैले यहीँ समस्याकै कारण मृत्युवरण गर्छन् ।

अमेरिकाको विश्वविद्यालयका तीनवटा अध्ययनमा दर्जनौँ प्रयोगहरु पनि गरिको छ । सुरुमा मुसामा एक टक्सिन दिएर टिएचसी प्रयोग गरिएको थियो । जुन मुसामा टिएचसी दिइएको थियो, ती मुसा बाँचेको र अन्य मुसा मरेका थिए । अनुसन्धानकर्ता तथा वैज्ञानिकले यो विषयमा थप अध्ययन थालेका छन् । उनीहरुले आम मानिसमा गाँजाको प्रयोगका लागि प्रोत्साहन नहुनेगरी कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अनुसन्धानकर्ताले अब गाँजाको मानिसमा प्रयोगका विषयमा अध्ययन गरिरहेका छन् । अमेरिकाका केही राज्यमा गाँजाको प्रयोग वैधानिक मानिन्छ । तर, धेरै राज्यले प्रतिबन्ध लगाएका छन् ।