८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

बंगलादेशबाट युएईमा सारियो महिला टी–२० विश्वकप

बंगलादेशबाट युएईमा सारियो महिला टी–२० विश्वकप
अ+ अ-

काठमाडौँ । बंगलादेशमा राजनीतिक अस्थिरताका कारण महिला टी–२० विश्वकप बंगलादेशबाट सारिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार यो घोषणा गरेको हो । यद्यपि, आयोजकको स्वामित्व भने बंगलादेशसँग नै छ ।

अक्टोबर ३ बाट सुरु हुन लागेको यस प्रतियोगिताका खेल दुबई इन्टरनेशनल र युएईको शारजाहको मैदानमा हुनेछन् ।

आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डिसले भने, ‘बंगलादेशमा महिला टी–२० विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा हो, किनकि हामीलाई थाहा छ कि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले एउटा अविस्मरणीय कार्यक्रम आयोजना गर्न सक्थ्यो ।’

श्रीलंका र जिम्बाब्वे क्रिकेट बोर्डले पनि आ–आफ्नो देशमा प्रतियोगिता आयोजना गर्न चासो देखाए पनि काउन्सिलले खेल युएईमा गराउने निर्णय गरेको थियो ।

युएईले यसअघि नै टी–२० विश्वकप आयोजना गरिसकेको छ । कोरोनाका कारण सन् २०२१ मा भारतमा हुने पुरुष टी–२० विश्वकप युएईमा आयोजना गरिएको भएपनि त्यसको आयोजना भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले गरेको थियो ।

यस विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । १८ दिनमा २३ खेलहरू हुनेछन् । समूह ए मा भारत र ६ पटकको च्याम्पियन अस्ट्रेलिया एकै समूहमा छन् ।

यस बाहेक यो समूहमा पाकिस्तान, न्युजिल्यान्ड र छनोटको टोली समावेश छ । समूह ‘बी’ मा आयोजक बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र क्वालिफायर–२ टोली छन् ।