• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि… ★   भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी ★   अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने ★   अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा ★   ढिलो काम गर्ने र विश्राम गर्ने छुट सरकारलाई छैनः प्रधानमन्त्री केपी ओली ★   रहेनन् भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरी ★   कल सेन्टरमा सिआइबीको छापा, विदेशीसहित ५० जना पक्राउ ★   सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ:उपप्रधानमन्त्री पौडेल ★   खेलाडी विदेश पलायन अहिले खेलकुद क्षेत्रको ठूलो समस्या हो: मन्त्री चौधरी ★   खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

बंगलादेशबाट युएईमा सारियो महिला टी–२० विश्वकप



काठमाडौँ । बंगलादेशमा राजनीतिक अस्थिरताका कारण महिला टी–२० विश्वकप बंगलादेशबाट सारिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार यो घोषणा गरेको हो । यद्यपि, आयोजकको स्वामित्व भने बंगलादेशसँग नै छ ।

अक्टोबर ३ बाट सुरु हुन लागेको यस प्रतियोगिताका खेल दुबई इन्टरनेशनल र युएईको शारजाहको मैदानमा हुनेछन् ।

आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डिसले भने, ‘बंगलादेशमा महिला टी–२० विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा हो, किनकि हामीलाई थाहा छ कि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले एउटा अविस्मरणीय कार्यक्रम आयोजना गर्न सक्थ्यो ।’

श्रीलंका र जिम्बाब्वे क्रिकेट बोर्डले पनि आ–आफ्नो देशमा प्रतियोगिता आयोजना गर्न चासो देखाए पनि काउन्सिलले खेल युएईमा गराउने निर्णय गरेको थियो ।

युएईले यसअघि नै टी–२० विश्वकप आयोजना गरिसकेको छ । कोरोनाका कारण सन् २०२१ मा भारतमा हुने पुरुष टी–२० विश्वकप युएईमा आयोजना गरिएको भएपनि त्यसको आयोजना भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले गरेको थियो ।

यस विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । १८ दिनमा २३ खेलहरू हुनेछन् । समूह ए मा भारत र ६ पटकको च्याम्पियन अस्ट्रेलिया एकै समूहमा छन् ।

यस बाहेक यो समूहमा पाकिस्तान, न्युजिल्यान्ड र छनोटको टोली समावेश छ । समूह ‘बी’ मा आयोजक बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र क्वालिफायर–२ टोली छन् ।