२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा चर्कियो आरक्षणको मुद्दाः बिहारमा रेल रोकियो, राजमार्गमा चक्काजाम



अ+ अ-

काठमाडौँ । भारतीय सर्वोच्च अदालतले अनुसूचित जातिको आरक्षणमा क्रीमी लेयर लागू गर्ने अनुमति दिएको विरोधमा दलित–आदिवासी संगठनहरूले बुधबार १४ घण्टाको भारत बन्दको आह्वान गरेका छन् ।

दलित तथा जनजाति संघसंस्था राष्ट्रिय महासंघ (नाड्डाओर)ले यसलाई दलित तथा आदिवासी जनजातिको संवैधानिक अधिकार विपरीत भएको बताएको छ ।

बन्दको सबैभन्दा बढी असर बिहारमा देखिएको छ । राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशमा यसबारे अलर्ट जारी छ । कांग्रेस, टीएमसी, सपा, बसपा, आरजेडी, जेएमएमलगायत धेरै दलहरूले बन्दलाई समर्थन गरेका छन् ।

सर्वोच्च अदालतले अगस्ट १ मा भनेको थियो कि राज्य सरकारहरूले अब अनुसूचित जाति अर्थात् एससीका लागि आरक्षणमा कोटा दिन सक्नेछन् । अदालतले आफ्नो २० वर्ष पुरानो फैसला उल्टाएर नयाँ व्यवस्था गरेको छ । त्यसपछि अदालतले अनुसूचित जाति आफैंमा एउटा समूह रहेको र त्यसमा समावेश जातका आधारमा थप विभाजन गर्न नसकिने बताएको थियो ।

यद्यपि, अदालतले आफ्नो नयाँ फैसलामा राज्यलाई आवश्यक निर्देशन पनि दिएको छ । राज्य सरकारले स्वेच्छाचारी ढंगले निर्णय लिन नपाउने भनिएको छ ।

यसका लागि दुई सर्त हुनेछन् ।
पहिलोः अनुसूचित जातिभित्र कुनै एक जातिलाई शतप्रतिशत कोटा दिन पाइनेछैन ।

दोस्रोः अनुसूचित जातिमा समावेश जातको कोटा निर्धारण गर्नुअघि त्यसको हिस्साको ठोस तथ्याङ्क हुनुपर्छ ।

 




भर्खरै