३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै ओभरमा ३९ रन जोडेर कीर्तिमान बनाए, ६ बलमा ६ छक्का हिर्काए



अ+ अ-

एजेन्सी । समोआका ब्याट्सम्यान ड्यारियस भिसरले टी–२० अन्तर्राष्ट्रियमा एक ओभरमा सर्वाधिक ३९ रन बनाएर कीर्तिमान बनाएका छन् ।

यसअघि यो कीर्तिमान युवराज सिंह, किरोन पोलार्ड, निकोलस पूरन र दीपेन्द्र सिंह ऐरीको नाममा थियो ।

सबैले १ ओभरमा ३६ रन बनाएका छन् । मङ्गलबार (२० अगस्ट) आईसीसी पुरुष टी–२० विश्वकप उपक्षेत्रीय पूर्वी एसिया प्यासिफिक क्वालिफायर ए को खेलमा भानुआटु विरुद्ध भिसरले तीव्र गतिका बलर नलिन निपिकोविरुद्ध ३९ रन बनाएका थिए ।

भिसरले ६ बलमा ६ छक्का प्रहार गर्दा नो बलमा ३ रन जोडे ।

समोआको इनिङ्समा १५ औं ओभरमा भानुआटुका लागि सीमर नलिन निपिको बलिङ गर्दै थिए । डारियस भिसर क्रिजमा । भिसरले ओभरको पहिलो तीन बलमा ३ छक्का प्रहार गरे ।

जबकि चौथो बल नो बल थियो । त्यसपछि अर्को बलमा भिसरले छक्का प्रहार गरे । त्यसपछि पाँचौं र छैटौं बलमा रन बन्न सकेन तर छैटौं बल नो बल थियो, यसपछि फ्याँकिएको बल पनि नो बल थियो र ६ रनमा बाउन्ड्री बाहिर गयो । फेरि फ्याँकिएको बल पनि छक्का प्रहार भयो ।

भिसरअघि भारतीय ब्याट्सम्यान युवराज सिंहसहित तीन ब्याट्सम्यानले एक ओभरको ६ बलमा ६ छक्का प्रहार गरेका थिए । युवराजले सन् २००७ मा इंग्ल्याण्डका स्टुअर्ट ब्रोडविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए । भिसर टी–२० अन्तर्राष्ट्रिय खेलको एक ओभरमा ६ छक्का प्रहार गर्ने चौथो ब्याट्सम्यान बनेका छन् । यसअघि युवराज सिंह बाहेक केरोन पोलार्ड (श्रीलंकाविरुद्ध २०२१) र नेपालका दीपेन्द्र सिंह ऐरी (कतारविरुद्ध २०२४) ले एक ओभरमा ६ छक्का प्रहार गरेका थिए ।