३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक, मंसिर १५ देखि प्रतियोगिता



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजनमा हुन लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ ।

क्यानले सोमबार एक कार्यक्रमकाबीच लोगो सार्वजनिक गरेको हो । सो अवसरमा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरे ।

लिगको मिति समेत सार्वजनिक गरिएको छ । जसअनुसार आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना हुनेछ ।

लिगमा क्यानले ६ टोली हुने बताएको छ । टोलीको स्वामित्व किन्नका लागि क्यानले यसअघि सूचना प्रकाशित गरेको थियो । जसमा विभिन्न कम्पनीले परियोजना प्रस्तुत गरेका छन् ।

लिगको टोली घोषणा गरेपछि खेलाडी आबद्ध गर्ने प्रकिया अघि बढाउने क्यानको तयारी छ ।