• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

सबैभन्दा धेरै फोन बोकेर बनाए विश्व कीर्तिमान, एकै व्यक्तिसँग छ हजारौं फोन



एजेन्सी । धेरैजसोसँग एउटा मात्र फोन हुन्छ । दुईवटा फोन राख्ने मान्छेहरू पनि धेरै नै छन् । तर, संसारमा एक–दुई होइन हजारौँ फोन बोक्ने व्यक्ति पनि छन् ।

यी व्यक्तिको फोनको संग्रह यति ठूलो छ कि अब उनको नाम गिनिज वल्र्ड रेकर्डमा पनि दर्ता भएको छ ।

ती व्यक्ति स्पेनको बार्सिलोना शहरमा बस्छन् । उक्त व्यक्तिको नाम भान्सेस पलाउ फर्नान्डेज हो । पलाउको घर आजकल फोनको गोदाम बनेको छ । विशेष कुरा के छ भने पलाउसँग अधिकांश नोकियाका फोन छन् । सबैभन्दा ठूलो कुरा यो हो कि यी मध्ये धेरैजसो फोनहरू व्यापक रूपमा प्रयोग भइसकेका छन् र लगभग हरेक फोन अझै काम गर्ने अवस्थामा छन् ।

भेन्सेस पलाउ फर्नान्डेजसँग हाल कूल ३६५१ फोनहरू छन् । यी मध्ये अधिकांश नोकिया मोडेल हुन् । यी मध्ये केही मोडेलहरू यस्ता छन् कि तपाईंले तिनीहरूलाई अब बजारमा फेला पार्नुहुनेछैन । यति धेरै फोन भएका कारण फर्नान्डेजको नाम अहिले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

यसअघि रोमानियाका आन्द्रेई बिल्बीको नाममा सबैभन्दा धेरै फोन भएको गिनिज बुक अफ वल्र्ड रेकर्ड थियो । सन् २०२३ मा उनीसँग जम्मा ३ हजार ४५६ मोबाइल थिए ।

पलाउले आफ्नो पहिलो फोन सन् १९९९ मा लिएका थिए । यो नोकियाको फोन थियो । पलाउ भन्छन् कि उनले यो फोन किनेका थिएनन्, तर कसैले क्रिसमसमा उपहार दिएका थिए । यो मोडेल नोकिया ३२१० थियो । यसपछि सन् २०१८ सम्ममा उनले ७०० भन्दा बढी फोन सङ्कलन गरे । आज उनीसँग ३ हजारभन्दा बढी फोन छन् । नोकिया बाहेक, पलाउसँग सिमेन्स, एनईसी, मोटोरोला, ब्ल्याकबेरी, सामसुङ, एचटीसी, एप्पल र अन्य धेरै ब्रान्डका मोबाइलहरू छन् ।

यस बाहेक उनीसँग नोकियाको विशेष संस्करण नोकिया ३३२० छ । संसारमा थोरै मानिससँग मात्रै यो फोन छ । पलाउको यो विश्व कीर्तिमानले देखाउँछ कि उनी फोनको लागि कति पागल छन् ।