२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन दुई दलीय व्यवस्था कायम गर्नका लागि भए सह्य हुँदैन: सांसद भुसाल



अ+ अ-

 

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा वेदुराम भुसालले समानुपातिक समावेशी सहभागितामुलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको बताउनु भयो । उहाँले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने रु कस्तो संशोधन गर्ने रु केका निम्ति संशोधन गर्ने ?  भन्ने प्रश्न रहेको बताउनु भयो । उहाँले दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन भए स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अनियमितता बढेर गएका छ । बेरुजु बढेर गएको छ । अनियमितता बढेर गएको छ भन्नुको मतलव भ्रष्टचार बढेर गएको छ । यसलाई नियन्त्रण गर्न सकिएको छैन । यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिओस् । अहिले संविधान संशोधनका खुब चर्चा हुने गरेका छन् । संविधान संशेधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइयो दुई दलको बीचमा सहमति गरेर भन्ने पनि आएको छ । हाम्रो संविधान असंशोधनीय दस्ताबेज होइन । संशोधन हुनसक्छ । तर संशोधन के उद्देश्यले गर्ने रु कस्तो संशोधन गर्ने ?केका निम्ति संशोधन गर्ने ? के अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो ?समानुपातिक समावेशी सहभागितामुलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति हो । यदी यसो हो भने यो स्वीकार्य हुनेछैन । यसलाई कुण्ठित गर्नेकुरा सहन सक्दैनौँ । दुई दलका बीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन ।’

सांसद भुसालले दुई दलबीचको सहमतिले संविधानका मुलभुत मान्यताहरुमाथि प्रहार गर्न नपाइने बताउनु भयो । उहाँले भ्रष्टाचार बढेर गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।