४ आश्विन २०८१, शुक्रबार
,
Latest
क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद पुडासैनीको खबरदारी: टिआरसी विधेयक कार्यान्वनमा जाँदा पीडितलाई झनै पीडा नहोस्



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद विष्णुदेवी पुडासैनीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संसदबाट पारित भइ कार्यान्वयन जाँदा पीडितलाई झनै पीडा दिने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले आफन्त गुमाएका, शारीरिक एवं मानसिक यातना भोगेका, घाइते एवं अपाङ्ग भएका घरबार, धन सम्पती गुमाएका सबैले न्यायको महशुस हुने परिस्थिति बन्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले पटक पटक भएका जनआन्दोलन एवं विद्रोहका कारण धनजनको क्षति पश्चात व्यवस्था परिवर्तन भएपनि त्यस्ता आन्दोलनले विद्रोहबाट प्रत्यक्ष रुपमा प्रभावित हुनुभएका नागरिकहरुको पीडामा भने मल्हम लगाउन नसकिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विभिन्न रुपमा पटक पटक भएका जनआन्दोलन एवं विद्रोहका कारण धनजनको क्षति पश्चात व्यवस्था परिवर्तन भएपनि त्यस्ता आन्दोलनले विद्रोहबाट प्रत्यक्ष रुपमा प्रभावित हुनुभएका नागरिकहरुको पीडामा भने मल्हम लगाउन सकिएको छैन । पछिल्लो पटक माओवादीबाट भएको विद्रोहका कारण पीडित हुन पुगेका नेपाली नागरिकलाई न्याय प्रदान गरी शान्ति प्रक्रिया टुंग्याउन प्रतिनिधि सभाबाट टिआरसी विधेयक पारित भएको र सो विधेयक यस सम्बन्धी सदनमा छलफल भइ पास हुँदैछ । यो विधेयक पारित भइ कार्यान्वयनमा जाँदा यसले पीडितलाई झनै पीडित नबनाओस् । आफन्त गुमाएका, शारीरिक एवं मानसिक यातना भोगेका, घाइते एवं अपाङ्ग भएका घरबार, धन सम्पती गुमाएका सबैले न्यायको महशुस हुने परिस्थिति बनोस् ।’

सांसद पुडासैनीले काठमाडौं महानगर र संघीय सरकारको द्वन्द्वका कारण काठमाडौं शहर खाल्डो शहर बन्दै गएको बताउनु भयो । काठमाडौंलाई सुन्दर शहर बनाउन संघ सरकारले महानगरसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।