३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल नेपालले मनायो १५ औं वार्षिकोत्सव



अ+ अ-

काठमाडौं । आर्सनल नेपालले स्थापनाको पन्ध्रौं वार्षिकोत्सव मनाएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सन् २००९ मा स्थापना भएको आर्सनल नेपालले वार्षिकोत्सव मनाएको हो ।

पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरु उपस्थित रहेको सो अवसरमा केक काट्दै क्लबको नयाँ टी–शर्ट पनि वितरण गरिएको थियो ।

साथै, क्लबले बिगतमा गरेका विभिन्न कार्यक्रमहरुको समिक्षासहित आगामी योजनाहरुको बारेमा समेत छलफल भएको थियो ।

आर्सनल नेपाल इंग्लिस फुटबल क्लब आर्सनलको समर्थकहरुको समूह हो । यस क्लबले आर्सनल तथा समग्रमा फुटबल समर्थकहरुसँगको सहकार्यमा विभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।