३१ श्रावण २०८३, आईतवार
,
Latest
सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको राजनीति पेचिलो अवस्थामा छ: पर्यटनमन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयाजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको राजश्वले चालु खर्च नधान्ने भइसकेको बताउनु भयो । उहाँले एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुने गरेको बताउनु भयो । उहाँले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था विद्यमान रहेको बताउनु भयो । उहाँले राजनीति, शैक्षिक क्षेत्र, निजी क्षेत्रमा भएका विकृति र विसंगतिको अन्त्य गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशको राजनीति बडो पेचिलो अवस्थामा छ । सबैभन्दा चिन्ता गर्नुपर्ने कुरा के छ भने हाम्रो राजश्वले चालु खर्च नधान्ने भइसकेको छ । एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुँदो रहेछ । राजश्व चालु खर्च नधान्ने अवस्था छ । अर्कातिर पुँजीगत खर्च जसका नाममा हामीले पुँजीलाई प्रवद्र्धन गर्नुपर्छ । पुँजी निर्माण गर्नुपर्छ । त्यो पुँजीगत खर्च भन्दा वित्तीय व्यवस्थापन खर्च भनेर हामीले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था छ । यो अवस्थामा हामी सबैले गम्भीर हुनुपर्छ । राजनीतिमा भएका, शैक्षिक क्षेत्रमा, निजी क्षेत्रमा भएका विकृति र विसंगतिहरुलाई बदल्नुपर्छ । त्यसका लागि नविन सोच, दृष्टिकोण अनिवार्य छ ।’

मन्त्री पाण्डेले सबैभन्दा माथि जनता रहेकाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने बताउनु भयो । उहाँले सबै मिलेर विकृतिको अन्त्य गरी असल बाटोमा मुलुकलाई लैजाने प्रतिवद्धता गर्नुभयो । रचनात्मक र सिर्जनशिल बाटोबाट मुलुक निर्माण गर्नुपर्ने बताउनु भयो ।