• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

लेवान्डोस्की चम्किँदा बार्सिलोना विजयी



काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसकै मैदानमा २–१ गोलले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन दुबै गोल रोबर्ट लेवान्डोस्कीले गरे । उनले पहिलो हाफको इन्जुरी समयमा र ४९ औं मिनेटमा (पेनाल्टी)मा गोल गरे । भ्यालेन्सियाका ह्युगो डुरोले एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाले जारी सिजनमा पहिलो खेलमा जित निकाल्दै तीन अंक जोडेको छ ।