१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा एकै दिनमा २ लाख ३० हजार थप संक्रमित



अ+ अ-

अमेरिका । अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत  २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति  संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ ।  

त्यसगरी गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ हजार ५२७ जनाको मृत्यु भएको बाल्टिमोरआवद्ध विश्वविद्यालयले शनिबार राती ८ बजे जानकारी दिएको छ । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको कारण अमेरिका सब भन्दा बढी प्रभावित भएको छ । 

अमेरिका गत दुई हप्तादेखि लगातार प्रत्येक दिन कोरोना भाइरस संक्रमणको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भईरहेको जनाइएको छ ।  अमेरिकामा कोरोना भाइरस शुरु भएदेखि हालसम्म १ करोड ४६ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने यस संक्रमणबाट २ लाख ८१ हजार व्यक्तिको मृत्यु भईसेकेको छ  ।