२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडेन भन्छन्ः मध्यपूर्वमा युद्धविराम सम्झौता पहिले भन्दा नजिक



अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा युद्धविराम सम्झौता पहिलेको भन्दा नजिक रहेको बताउनुभएको छ ।

गाजा युद्धविराम सम्झौता भएको छ कि छैन भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा ह्वाइट हाउसको ओभल अफिसमा आयोजित एक कार्यक्रममा बाइडेनले आफूहरु पहिले भन्दा धेरै नजिक रहेको बताउनु भयो ।

राष्ट्रपतिले स्प्रिंगफील्ड १९०८ रेस दंगा राष्ट्रिय स्मारक नामकरण गर्ने घोषणामा हस्ताक्षर गर्न ढिलो हुनुको कारण मध्यपूर्वमा युद्धविरामको प्रयास रहेको बताउनु भयो ।

संयुक्त राज्य अमेरिका, इजिप्ट र कतारले शुक्रवार जारी गरेको संयुक्त विज्ञप्तिमा दोहामा विगत ४८ घण्टामा सरकारका वरिष्ठ अधिकारीहरूले युद्धविराम र बन्धकहरूको रिहाइको लागि सम्झौता निष्कर्षमा पुग्न मध्यस्थकर्ताको रूपमा गहन वार्तामा संलग्न रहेको बताइएको छ ।

राज्य विभागका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शनिवार इजरायलको यात्रा गर्ने बताउनु भयो ।