२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी भरपर्दो छैन, ‘रेन वाटर होर्भेटिङ’ शुरु गरौं: ईश्वर पोखरेल



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंवासीका लागि मेलम्चीको पानीको भरपर्दो नभएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित ‘काठमाडांै शहरीकरण: वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मेलम्ची खानेपानीको मुहान भत्किएर फेरि पानी नआउने अवस्था आएको उल्लेख गर्दै अब त्यसको विकल्पको रुपमा रेन वाटर होर्भेटिङको काम अघि बढाउनुपर्ने प्रश्ताव समेत गर्नुभयो । मेलम्चीको पानी ल्याउने कुराले काठमाडौंवासीको भाग्य र भविष्यमाथि खेलबाड गरियो भन्ने आफूलाई ग्लानी हुने गरेको भन्दै उहाँले अव त्यसमा भर परेर बस्न नसकिने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं उपत्यकाको विकासका लागि भूउपयोग नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । भूउपयोग नीति प्रभावकारी ढंगले लाग्नु नभई काठमाडौं उपत्यकाको विकास नहुने उहाँको जिकिर थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलले विकासको नाममा जथाभावी नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी आयो भनेर खोल्यौं । आयो पनि पानी । तर जसरी आएको छ । आज हेर्नुस् –कहाँ, के भत्केर अव नआउने स्थिति छ । कति समय लाग्ने हो रु त्यो बनाउन । त्यसको त राम्रो इन्जिनियरिङ नै भएको रहेनछ भनेर पनि हामीले सुन्नुपर्‍यो । त्यस्तो ढंगले हाम्रो भाग्य र भविष्यमाथि खेलबाड गरियो त होइन भन्ने लाग्छ । त्यसकारण रेन वाटर होर्भेटिङको कुरा कुरा पनि यो एकीकृत विकासका लागि आवश्यक हो ।’

‘संसारमा विभिन्न मुलुकमा यस खालका अभ्यासहरु छन् । यहाँ अर्को एउटा भूउपयोगको नीति यदि ठिक ढंगले लागू नहुने होभने यो काठमाडौंको विकासका कुराहरु हुन सक्दैन । भूउपयोग नीति प्रभावकारी ढंगले लागू हुनुपर्दछ । बस्ती बसाउने कहाँ, खेतीपाती गर्ने कहाँ, बजार बसाउने कहाँ रु संसारको विभिन्न मुलुकहरुमा हुन्छ । हाम्रोमा किन नहुने रु हामीले त्यो गरिरहेका छैनौं । यसमा बिग्रिरहेको छ । जहाँ, जसलाई जे मन लाग्यो, त्यो गर्ने स्थिति छ । यसलाई नियन्त्रण गर्नपर्छ कि पर्दैन ? यो नियन्त्रण गर्नुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले भूउपयोग नीति लागू नहुँदा काठमाडौं उपत्यकाको विकासका काम सही दिशामा अघि बढ्न नसकेको पनि बताउनु भयो ।