३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यक: उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी बिस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गर्नुभयो । नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्ने बताउनु भयो । उहाँले नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गर्नुभयो । उहाँले अधिकारका लागि लडेर ल्याएका अधिकारहरुको संरक्षणमा जुट्न पनि आह्वान गर्नुभयो । उहाँले बिरोधको नाममा बिरोध गर्दा प्राप्त अधिकार पनि गुम्नसक्ने खतरा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अधिकारका लागि हामी लड्यौँ । तर अब लडेर ल्याएको अधिकार जिम्मेवारपूर्वक जगेर्ना गर्न जान्नुपर्छ । बिरोध गर्दा गर्दा प्राप्त गरेको अधिकार पनि गुम्यो भने अनि हामीले के गर्ने रु सबै जिम्मेवार हुनुपर्छ । प्लस टु सकिसकेपछि विद्यार्थीहरु विदेश जाने टे«न छ । यत्रो पपुलर इन्जिनियर कलेजमा विद्यार्थी कम छन् । हामीले नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्छ । यहीँ बसेर काम गर्न के चाहिन्छ, त्यो सुझाव दिनुभयो भने सरकारले त्यसमा सहयोग गर्नेछ । जनप्रतिनिधि हुँदैमा सबैकुरा थाहा हुँदैन नि । सुझाव दिनुस् । ऐनमा संशोधन गर्न परे गरौँला । हामी सबै समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न एकरुपता कायम गरी अघि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबै एक भएर साथ दिन आग्रह गर्नुभयो । उहाँले नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले जनताका माग पूरा गर्नकै लागि अहिलेको सरकार बनेको दाबी गर्नुभयो ।