• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’….

ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ६६ लाख नाघ्यो



काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमण पछिल्लो समयमा झन धेरै बढ्दो मात्रामा देखिएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनहरुमा यहाँका संक्रमितहरु बढेसँगै यहाँका संक्रमितको संख्या पनि ६६ लाखभन्दा बढी पुगेको बताइएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्यांकमा यहाँ संक्रमितहरुको संख्या ६६ लाख नाघेको हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र २६ हजार ६६३ जना संक्रमित थपिएका छन् । 

यस अवधिमा यहाँका ३१३ जनाको मृत्यु पनि भएको छ । ब्राजिलमा हालसम्म भएका मृत्युहरुमा यसलाई धेरै जनाको मृत्युका रुपमा लिइएको छ । कोरोनाभाइरसबाट विश्वमै ब्राजिल दोस्रो सर्वाधिक असर परेको मुलुक हो । मृत्यु संख्याका दृष्टिबाट संयुक्तराज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ यस भाइरसबाट ज्यान जानेको संख्या १ लाख ७६ हजारभन्दा बढी पुगेको छ । सो मन्त्रालयले यहाँ कोरोना भाइरसको संक्रमणबाट १ लाख ७६ हजार ९४१ जनाको मृत्यु भइसकेको जनाएको छ । यहाँका ५८ लाख जना नागरिक भने निको भएका छन् ।