८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड

अमेरिकामा नेपाली समुदायबीच सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता

अमेरिकामा नेपाली समुदायबीच सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता
अ+ अ-

न्यूयोर्क (अमेरिका): इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा अमेरिका र क्यानडामा बस्ने नेपालीबीचमा सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता आयोजन हुनेभएको छ । यही अगष्ट ३० देखि आगामी सेप्टेम्बर १५ सम्म अमेरिकाका दुई राज्यमा प्रतियोगिता आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले यी प्रतियोगितामा भाग लिनका लागि खेलाडी र खेल समूह नेपाली मूलको तथा नेपाली भाषी हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको बताउनुभयो ।

फुटबल प्रतियोगिता अगष्ट ३० देखि सेप्टेम्बर २ सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन र भलिबल प्रतियोगिता सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा आयोजना हुनेछ ।

अध्यक्ष अधिकारीले नेपाली समुदायका बीच आपसी सद्भाव अभिवृद्धि गर्ने, युवामा खेल तथा स्वच्छ प्रतिष्पर्धाको भावना विकास गर्ने, सामाजिक तथा खेल अनुशासनका माध्यमबाट आपसी भाइचाराको विकास गरी समुन्नत एवं स्वस्थ नेपाली समुदायको निर्माण गर्नुका साथै भावी पुस्तालाई खेलका माध्यमबाट समुदायको सेवामा अभिप्रेरित गर्ने उद्देश्य लिइएको बताउनुभयो ।

प्रतियोगितामा पुरुष र महिलातर्फ छुट्टाछुट्टै प्रतिष्पर्धा हुनेछ । पुरुष फुटबल युथका विजेताले १५ हजार अमेरिकी डलर, रनिङ गोल्डकप (१० तोला सुनको) र उपविजेताले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

फाउण्डेसनका अनुसार पुरुष फुटबल सिनियर युथतर्फ (३० वर्षदेखि माथि)का विजेताले १० हजार अमेरिकी डलर, रनिङ गोल्ड कप र उपविजेताले छ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । त्यसैगरी पुरुष फुटबल भेट्रान्सतर्फ (४० वर्षदेखि माथिका) विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले छ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । महिलातर्फ विजेताले आठ हजार अमेरिकी डलर, रनिङ गोल्डकप र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

यी तीनवटै वर्गका प्रतियोगिताका विजेताले १० तोला सुनसहितको रनिङ गोल्डकप पनि जित्नेछन् । रनिङ गोल्डकपको पूर्ण स्वामित्वका लागि तीनपटक लगातार खेल जित्नुपर्ने नियम छ ।

फाउण्डेशनको सहकार्यमा पिस जोन क्लबले १६ वर्षमुनिका खेलाडीका लागि पनि फुटबल आयोजना पनि सोही स्थान र मितिमा हुने जनाएको छ ।

फाउण्डेसनका अनुसार भलिबलतर्फ पुरुष विजेता टिमले १२ हजार अमेरिकी डलर र उपविजेताले आठ हजार डलर, महिलातर्फ विजेता टिमले आठ हजार र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । फाउण्डेसनले विगत चार वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।रासस