२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

एएफसी च्यालेन्ज लिगः चर्च ब्वाइज र पारो एफसीबीचको खेल आज

एएफसी च्यालेन्ज लिगः चर्च ब्वाइज र पारो एफसीबीचको खेल आज
अ अ+ अ-

काठमाडौँ । एएफसी च्यालेन्ज लिग अन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । नेपालको लिग च्याम्पियन चर्च ब्वाइज र भुटानको लिग च्याम्पियन पारो एफसीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

तीन पटक विश्वकप खेलिसकेका जापानका केइसुकी होण्डासहित ११ विदेशी खेलाडीको साथ पाएको पारो चर्च ब्वाइजका लागि चुनौती बन्न सक्नेछ ।

नेपाली घरेलु लिगमा नै सफल विलियम ओपोकीलगायत चर्चित खेलाडी पारोले यही प्रतियोगिताका लागि भित्राएको छ ।

यद्यपि, चर्च ब्वाइजमा पनि नेपाली राष्ट्रिय टोलीका अधिकांश सदस्य छन् । त्यसैले चर्च ब्वाइजले भूटानी प्रतिद्वन्दीसँग खेल्दा नेपाली राष्ट्रिय टोलीको झल्को दिनेछ ।

करिव एक महिनादेखि चर्च ब्वाइजले यो प्रतियोगिताको तयारी गरेको छ । राष्ट्रिय टोलीबाट खेलेका खेलाडीबीच तालमेल मिलेको र यसले खेलमा प्रभाव ल्याउने विश्वास चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनलाई छ ।

तीन हप्ताभन्दा बढी समय भएकाले टिमको सन्तुलन मिलेको उनी बताउँछन् । खेलाडीले आफ्नो क्षमता र रणनीतिअनुरूप खेल्नसके घरेलु समर्थकलाई सुखद् नतिजा दिन सक्षम हुने प्रशिक्षक महर्जनको विश्वास छ ।

पारोले अहिले भूटानमा लिग खेलिरहेको छ । लिगमा पारो शिर्ष स्थानमा छ । उनीहरूबीच राम्रो तालमेल पनि मिलेको छ । साथै चर्च ब्वाइजसँगको खेलका लागि पारोले जापानका पाँच खेलाडी, युरोप र केही अफ्रिकन खेलाडीलाई भित्राउँदै थप बलियो बनाएको छ ।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले यसपटक राम्रो तयारी र बलियो टोलीसहित आएपनि खराब मैदानका कारण चुनौती बन्नसक्ने बताए । उनले खराब मौसमका कारण प्रशिक्षण गर्ने मैदानको अवस्थामा नराम्रो रहेको उल्लेख गर्दै समयमा नै प्रशिक्षण गर्न नपाएको प्रति दुखेसो व्यक्त गरे । पछिल्लो सिजन मछिन्द्रसँग नतिजा सुखद् नभए पनि यस पटक आफ्नो टोली बलियो रहेको र चर्च ब्वाइजविरुद्ध राम्रो चुनौती दिने उनको विश्वास छ ।

च्यालेन्ज लिग प्लेअफमा चार देशका लिग च्याम्पियनले खेल्दैछन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले भुटानी लिग च्याम्पियन पारो एफसीसँग तथा किर्गिस्तानको लिग च्याम्पियन अब्दिस एटा कान्टले अफगानिस्तानी लिग च्याम्पियन क्लब अट्याक इनर्जीसँग खेल्ने तय छ । दुई विजेताले अघिल्लो चरणको यात्रा तय गर्नेछन् ।

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजमा एरिक विष्ट, अञ्जन विष्ट र आयुष घलानजस्ता नेपाली टोलीबाट प्रभावशाली प्रदर्शन गरिसकेका खेलाडी खेल्दैछन् । त्यसैले पनि चर्च ब्वाइज नेपालको राष्ट्रिय टोली जस्तै रहेको पारोका प्रशिक्षक शर्माले पनि उल्लेख गरिसकेको छ । चर्च ब्वाइजमा तीन विदेशी ओमोलाजा नुरेन करीम (नाइजेरिया), पिटर बान्दा (जाम्बिया) र मोजेस ग्याबा त्वाम (घाना) खेलाडी छन् ।

अन्य खेलाडीमा लाकेन लिम्बू, दीप कार्की, टेकेन्द्र सिंह थापा, रेम्बोकुमार चौधरी, सञ्जीव बिष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, सन्तोष खत्री, रोहन कार्की र विवेक पौडेल छन् । निरज चौधरी, एकराज बुढाथोकी, योगेश गुरुङ, मनीषकुमार जर्गा र आदित्य शाक्य छन् ।

पारोसँगको खेलका लागि जनरल पारापिटतर्फ दुई सय र भिआइपीतर्फ पाँच सय रुपैयाँ टिकट मूल्य तय गरिएको छ ।