२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कास्कीले गर्यो छ युवालाई सम्मान



अ+ अ-

गण्डकी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले विभिन्न क्षेत्रका छजना युवालाई सम्मान गरेको छ ।

पोखरामा सोमबार आयोजित एक कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका छजनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार, फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डा विकास गौचन, प्राध्यापक सुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी रहेका छन् ।

सम्मानितमध्ये करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको भूगोलमै जन्मेहुर्केर यहीँ क्रियाशील छन् । युवालाई उत्प्रेरित गर्नुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरूलाई सम्मान गरिएको कार्यक्रम संयोजक तथा एमाले जिल्ला कमिटी सचिव दर्शन लामाले बताए ।

उनीहरूलाई गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज किरण गुरुङ, पार्टी जिल्ला इन्चार्ज कृष्णबहादुर थापा, अध्यक्ष बैनबहादुर अधिकारी, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेकपा (एकीकृत समाजवादी)का जिल्ला उपाध्यक्ष पूर्ण लामालगायतले सम्मान गरेका थिए ।