१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्की शकिबः मैदानमा देखाए रिस, सुपर ओभर खेल्न अस्वीकार गरेपछि टोलीले हार ब्यहोर्यो



अ+ अ-

काठमाडौँ । बंगलादेश क्रिकेट टिमका अलराउन्डर शकिब अल हसन आफ्नो क्रोधित बानीका कारण सधैं चर्चामा रहन्छन् । फेरि पनि उनले केही त्यस्तो गरे जसको चर्चा भइरहेको छ ।

शकिबले क्यानडाको जीटी टी–२० लिग खेलेका थिए । उनले यो लिगमा बंगला टाइगर्स मिसिसाउगाको कप्तानी गरेका छन् ।

यस लिगको एक खेलमा शकिबले सुपर ओभर खेल्न अस्वीकार गरेका थिए जसका कारण टोलीले हार बेहोरेको थियो ।

योसँगै उनको टोली यस लिगबाट बाहिरिन पुग्यो । बंगला टाइगर्सले टोरन्टो नेशनल्ससँग खेल खेलेको थियो तर खेल वर्षाले प्रभावित भएको थियो ।

यस्तो अवस्थामा म्याच अफिसियलहरूले सुपर ओभर गरेर खेलको निर्णय गर्न चाहेका थिए जसमा शकिब सहमत भएनन् ।

केही ओभरमा खेलिए पनि सुपर ओभरको सट्टा खेल सञ्चालन गर्न सकिब चाहन्थे । उनको भनाइ स्वीकार भएन र त्यसैले उनी सुपर ओभरमा टस गर्न आएनन् । यस्तो अवस्थामा टोरन्टो टोलीलाई खेलको विजेता घोषित गरियो ।

यदि यो खेल पानीका कारण पूर्णतया वासआउट भए शकिबको टोली अंक तालिकामा टोरन्टोभन्दा अगाडि रहेकोले क्वालिफायरमा पुग्ने थियो ।

यस विषयमा लिगका प्रमुख कार्यकारी अधिकृत जोय भट्टाचार्यले नियमको हिस्सा भएकाले सुपर ओभरबाट खेलको नतिजा निकाल्ने प्रयास भएको बताए ।

वेबसाइट ईएसपीएनक्रिकइन्फोसँग कुरा गर्दै भट्टाचार्यले भने, ‘हामी कुनै न कुनै नतिजा ल्याउने प्रयास गरिरहेका थियौं । तर सुपर ओभर खेल्न नसकेको टोलीका लागि यो दुःखको कुरा हो । यो नियमको हिस्सा थियो ।’

यो पनिः रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो ग्लोबल टी–२० लिगको उपाधि