१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी संसदीय समितिले लियो पूर्वराजाका ज्वाइँसँग बयान



अ+ अ-

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग बयान लिएको छ ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा सभापतित्वको समितिले सहकारी संस्थाको बचत दुरुपयोगबारेमा पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँसमेत रहेका सिंहसँग सोमबार सिंहदरबारमा बयान लिएको हो ।

समस्याग्रस्त सहकारीका सञ्चालकहरूसँगको बयानको क्रममा समितिले सुमेरु बचत तथा ऋण सहकारीका सेयर सदस्य सिंहलाई बयानमा बोलाएको थयो ।

समितिलाई जवाफ दिने क्रममा शाहले निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था सुरु गरी विश्वासको वातावरण बनाउन लागेको बताएका छन् । उनले सहकारी संस्थालाई पुनःसञ्चालन गर्ने योजनासहित नयाँ सञ्चालक समूह भित्रिएको पनि जानकारी दिएका छन् ।

२३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर शाखा र काठमाडौं महानगरपालिका कालिमाटीमा रहेको त्यही नामको संस्थाले बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

उक्त रकम ठगेर सहकारीका अध्यक्ष भरत महर्जन बेलायतमा लुकेका छन् । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ ।