१८ श्रावण २०८३, सोमबार
,
Latest
प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण ‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिकको महिला म्याराथनमा सन्तोषी ७९औं स्थानमा रहेर दौड पूरा गरिन्



अ+ अ-

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औं स्थानमा रहँदै दौड पूरा गरेकी छन् ।

पहिलो पटक ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाएकी उनले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पूरा गरिन् ।

सन्तोषीको लक्ष्य राष्ट्रिय कीर्तिमान बनाउने थियो । तर उनी सफल भइनन् । उनले जनवरीमा ढाकामा भएको बंगबन्धु म्याराथनमा २ घण्टा ४६ मिनेट २२ सेकेन्डको कीर्तिमानी समयमा स्वर्ण जितेकी थिइन् ।

यस इभेन्टमा ११ खेलाडीले म्याराथन बीचमै त्यागेका थिए ।नेदरल्याण्ड्सकी सिफान हसन २ घण्टा २२ मिनेट ५५ सेकेण्डको ओलम्पिक कीर्तिमानी समय निकाल्दै म्याराथनमा स्वर्ण जित्न सफल भइन् ।